हेटौँडा– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन्।
उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद रंगशाला सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गर्ने बताए।
उनले प्रदेश ३ का १३ जिल्लासँग जोडिने सडक यातायातलाई उच्च प्राथमिकताका साथ सरकारले निर्माण शुरु गर्न लागेको पनि जानकारी दिए।
जिल्ला खेलकूद विकास समिति सचिव खुसराज दाहालले रङ्गशालामा हालसम्म भइरहेको निर्माण कार्यको प्रगतिको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए। सो क्रममा उनले रंगशालाको निर्माण कार्य पुरा गर्न राष्ट्रिय खेलकूद परिषद्बाट प्राप्त अनुदान रकमले मात्र नपुग्ने भएकाले प्रदेश सरकारले थप अनुदान रकम उपलब्ध गराइदिन माग गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।