• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमण : विशेष सेलमार्फत् दूतावास सक्रिय, चीनका नेपालीलाई आपतकालीन सेवा दिने

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  १९:१७
1140x725

काठमाडौं– कोरोना भाइरसको  संक्रमणले महामारीको रुप लिएको चीनको हुबे प्रान्तस्थित वुहान र अन्य क्षेत्रमा रहेका नेपालीको सहायताका लागि चीनस्थित नेपाली दूतावासले विशेष सेल स्थापना गरेको छ। 

दूतावासले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चीनमा रहेका सबै नेपालीलाई सावधानी अपनाउन सचेत गराएको थियो। 

विशेष सेलले चीनका विभिन्न सहरमा रहेका नेपालीलाई आपतकालीन सेवा प्रदान गर्ने छ। दूतावासको हटलाइन नम्बर र विच्याटमार्फत् विशेष सेलमा जोडिन सकिने दूतावासले जनाएको छ। 

विशेषगरि वुहान क्षेत्रमा रहेका नेपालीका लागि दूतावासले विच्याट समूह पनि निर्माण गरेको छ। त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र सेवाका लागि चीनको केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारसँग नियमित सम्पर्कमा रहेको दूतावासको भनाइ छ। 

कति छन् नेपाली ? 
महामारी प्रभावित वुहान क्षेत्रमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक भने सरकारसँग छैन। परराष्ट्र मन्त्रालयले त्यस  क्षेत्रमा एक सयजति नेपाली रहेको र तिनमा पनि अधिकांश विद्यार्थी रहेको बताएको छ। ‘त्यहाँ दुईथरि नेपाली हुनुहुँदो रहेछ,’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेल भन्छन्, ‘धेरै जसो विद्यार्थी रहेछन् भने केही संख्यामा सेफ (कुक) रहेछन्। सबै गरेर त्यो क्षेत्रमा करिब एक सय नेपाली रहेछन्। ’

जाडो बिदा र चीनको ‘स्प्रिङ फेस्टिभल’का  कारण तीमध्ये केही दुई/चार हप्ताअघि नै नेपाल फर्किएकाले त्यस क्षेत्रमा अहिले नेपालीको संख्या सयभन्दा कम रहेको पौडेल बताउँछन्। भाइरसको संक्रण फैलिनैबित्तिकै बेइजिङस्थित नेपाली दूतावास सक्रिय भएको र अहिले सबै नेपालीसँग सम्पर्कमा रहेको उनले बताए। 

‘यो संक्रमण फैलिएपछि हाम्रो दूतावास तुरुन्तै सक्रिय भयो,’ पौडेलले भने, ‘दूतावास त्यहाँ भएका सबै नेपालीसँग सम्पर्कमा छ। नेपालीको सहायताका लागि विशेष सेल बनाएको छ।’

वुहान बाहेकका क्षेत्रमा कति नेपाली छन् भन्ने एकिन तथ्यांक छैन। यद्यपि कोरोना भाइरसको संक्रमण चीनका अधिकांश प्रान्तमा फैलिसकेको छ। चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले बिहान १० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार हुबे प्रान्तमा १ हजार ४ सय २३ जना, गोङडोङमा १ सय ४६, हेनानमा १सय २८, झियाङमा १ सय २८ जनालाई भाइरस सक्रमण भइसकेको छ। 

nimb
nimb

त्यस्तै सिचुवानमा ६९, हुनानमा १ सय, बेइजिङमा ६८, साङ्घाइमा ५३, फुजियामा ३५, सान्सीमा २२, सिन्जियानमा ५, हङकङमा ८, मकाउमा ६ र ताइवानमा ४ जनालाई भाइरसको संक्रमण भएको छ। 

यी क्षेत्रमा भाइरस संक्रमण फैलिए धेरै नेपाली पनि प्रभावित हुने देखिएको छ। हङकङ, बेइजिङ, तिब्बत, मकाउ लगायतका प्रान्तमा धेरै नेपाली अध्ययन र रोजगारीका लागि जाने गरेका छन्। 

अमेरिका र श्रीलंका आफ्ना नागरिक फर्काउँदै
अमेरिकाले  भाइरस संक्रमित वुहानमा रहेको वाणिज्य दूतावास बन्द गरेको छ। त्यहाँ करिब हजार अमेरिकी रहेको बताइएको छ। 

उक्त क्षेत्रबाट अमेरिकी नागरिक र कूटनीतिज्ञ फर्काउन चीनले अमेरिकालाई सहयोग गर्ने भएको छ। अमेरिकाले विमान चार्टर गरेर आफ्ना नागरिक फर्काउने तयारी गरिरहेको छ। 

त्यस्तै श्रीलंकाले पनि वुहानमा रहेका आफ्ना विद्यार्थी फिर्ता गर्ने भएको छ। त्यहाँ करिब ३० जना श्रीलंकाली विद्यार्थी छन्। 

चीनबाट  संक्रमण सुरु भएको कोरोना भाइरसका बिरामी एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्। अहिलेसम्म थाईल्यान्डमा ८, अमेरिकामा ५, अस्ट्रेलियामा ५ जना संक्रमित भेटिएका छन्।  

त्यस्तै सिंगापुर, ताइवान, मलेशिया, दक्षिण कोरियामा ४/४ भेटिएका छन् भने फ्रान्स र जापानमा ३/३ जना छन्। भियतनाम र नेपालमा २ जना छन् भने क्यानडामा १जना भेटिएका छन्। 

के गरिरहेको छ चीन ?
कोरोना भाइरसको संक्रणबाट चीनमा अहिलेसम्म ८१ जनाको मृत्यु भइसकेको छ। हुबे  प्रान्तले सोमबार थप २४ संक्रमितको घोषणा गरेको छ। चीनभर २ हजार ७ सय ४४ जनामा यो भाइरसको संक्रमण भइसकेको छ। 

संक्रमण तीव्र रुपमा फैलिन थालेपछि  चीनले संक्रमणको केन्द्रमा रहेको वुहानमा २ हजार शय्याका दुईवटा अस्पताल निर्माण गरिहेको छ। ती अस्पताल एक सातामै निर्माण भइसक्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। 

पाँच लाख स्वाथ्यकर्मीलाई उक्त भाइरसको  नियन्त्रण र उपचारका लागि  परिचालित गरिएको छ। मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तीव्र गतिमा काम भइरहेको छ।

राष्ट्रपति सी चिनफिङले भाइरस नियन्त्रणका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।  त्यस्तै चीनले भाइरस विरुद्धको खोप बनाउन अनुसन्धानसमेत सुरु गरेको छ। 

वुहान क्षेत्रमा स्थानीय यातायात सञ्चालनमा रोक लगाएको छ भने सरकारले कोरोना भाइरसको  संक्रमण  नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ। त्यस्तै बेइजिङ क्षेत्रमा स्कुल बन्द गरिएका छन् भने परीक्षा पनि रद्ध गरिएको छ। 

उत्तरी नाकामा छैनन् क्वारेन्टाइन
नेपाल  विभिन्न उत्तरी नाकाबाट चीनसँग जोडिएको छ। रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाकाबाट दुई देशबीच आवतजावत हुने गरेको छ। 

ती क्षेत्रबाट प्रवेश गर्नेहरुबाट कोरोना  भाइरसको संक्रण सर्ने खतरा भए पनि सबै नाकामा स्वास्थ्य क्वारेन्टाइन छैनन्। अहिले रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकामा मात्रै सामान्य खालको स्वाथ्य क्वारेन्टाइन सेवा उपलब्ध छ। 

भाइरसको संक्रमण फैलिएपछि रसुवागढी भन्सारमा चेकजाँच कडा पारिएको रुसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्का बताउँछन्। ‘भन्सारबाट बाहिरिने र भित्रिनेको रेकर्ड राख्ने गरेका छौं,’ खड्काले भने, ‘स्वाथ्य मन्त्रालयको एउटा टोलीबाट भित्रिने र बाहिरिनेहरुको सामान्य स्वाथ्य चेकजाँच हुन्छ। कोरोना भाइरस संक्रणको शंका लागेमा परीक्षणका लागि काठमाडौं पठाउँछौं।’

सरकारले सोमबारमात्रै त्रिभुवन विमानस्थल क्षेत्रमा भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन दिएको छ। प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

उक्त निर्देशनमा अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने, डेक्सका लागि आवश्यक स्थान उपलब्ध गराउने र समन्वय एवम् सहजीकरण गर्नेलगायतका विषय समेटिएका छन्। 

सरकारले यसैवर्ष ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेकाले चीनबाट धेरै पर्यटक आउने र भाइरसको संक्रमण फैलिने दर  झन् तीव्र हुने धेरैको चिन्ता छ। 

चीनमा सरकार सक्रिय भएको छ : भरतराज पौडेल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

यो भाइरसको संक्रमण अहिले चीनको वुहान भन्ने सहरमा भइरहेको छ। त्यहाँ विभिन्न मुलुकमा मान्छे छन्। हाम्रा मुलुकका पनि केही छन्। हाम्रो संख्या निकै सानो छ। 

त्यहाँ दुईथरि नेपाली रहेछन्। तीमध्ये धेरैजसो विद्यार्थी रहेछन् र केही संख्यामा सेफ (कुक) छन्। जाडो बिदा र चीनको ‘स्प्रिङ फेस्टिभल’का  कारण केही दुई/चार हप्ताअघि नै नेपाल फर्किएका छन्। संक्रमणका कारण उनीहरु फर्किएका छैनन्। वुहान क्षेत्रमा करिब सय नेपाली छन्। 

यो संक्रमण फैलिएपछि हाम्रो दूतावास तुरुन्तै सक्रिय भएको छ। दूतावास त्यहाँ भएका सबै नेपालीसँग सम्पर्कमा छ। नेपालीको सहायताका लागि विशेष सेल बनाएको छ। नेपालीसँग कुरा गर्नलाई एउटा विच्याट समूह बनाएको छ। दूतावासका अलावा चीनका विभिन्न महावाणिज्य दूतावास पनि यसमा सक्रिय भएका छन्। 

०००
दूतावासको भनाइ अनुसार त्यहाँ रहेका विद्यार्थी लाई खान, बस्न, उपचार गर्न सबै सुविधा छ। त्यहाँ अहिलेसम्म त्यस्तो कुनै समस्या छैन। 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्