• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अभिनेता विराजको दाबी- नेपालमा एक्सन फिल्म गर्ने हिरो नै छैनन्, अब म आएँ

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  १६:४४
1140x725

पछिल्लो समय नेपालमा बनेका एक्सन फिल्महरू लगातार फ्लप भइरहेका छन्। यसको कारण के हो? सायद धेरैसँग फिल्म राम्रो नबनेर भन्ने जवाफ होला तर अभिनेता विराज भट्टलाई लाग्छ– राम्रो एक्सन हिरो नभएका कारण फिल्म फ्लप भएको हो।

यसअघि विराजले अभिनय गरेको ‘जय पर्शुराम’ फ्लप भयो। तैपनि, विराजलाई आफू कमजोर छु भन्ने लाग्दैन। कुनैबेला नेपालमा उनको एक्सन खुब बिक्थ्यो। तर, यहाँ चल्दाचल्दै उनी भोजपुरी सिनेमातिर सक्रिय भए। 

त्यसपछि उनी भोजपुरी सिनेमाका स्टार नै भए। नेपाली फिल्मबाट हराएका उनी पछिल्लो समय दुई–तीन वर्षको ग्यापमा नेपाली फिल्मतिर झुल्किन थालेका छन्। 

६० बढी नेपाली फिल्म, ५० बढी भोजपुरी फिल्ममा अभिनय गरेका उनी अहिले नयाँ फिल्म ‘साङ्लो’सहित दर्शकमाझ आउँदैछन्।

यही फिल्मबाट उनले पहिलोपल्ट निर्देशनमा डेब्युसमेत गरेका छन्। उनै विराज भट्टसँग नेपाल लाइभका अनिल यादवले गरेको कुराकानीः

अभिनेताबाट निर्माता हुनुभयो। अहिले फेरि निर्देशक। धेरै बोझ लिएजस्तो लागेन?
मेहनतले नै मान्छेको किस्मत बदल्छ भन्ने ठान्छु। यसपल्ट दबाब त ठूलै थियो। कलाकारका रुपमा पनि आफूलाई कमजोर उभ्याउन मिल्दैनथ्यो। फिल्मको निर्माण पक्षमा पनि कुनै सम्झौता गर्न मिल्दैनथ्यो। निर्देशकका हिसाबले पनि पूरा फिल्म राम्रो बनाउनुपर्ने दबाब थियो। तैपनि मैले आफ्नो तर्फबाट सक्दो राम्रो दिने प्रयास गरेको छु।

अचानक निर्देशक हुनुपर्ने के बाध्यता आइलाग्यो?
मैले आफ्नै फिल्ममा मात्रै निर्देशन गरेको हुँ। यसलाई नै निरन्तरता दिने भन्ने होइन। मैले आफूलाई कलाकारका रुपमा जति चिनेको छु नि, त्यति अरुले चिन्न सक्छजस्तो लागेन। मभित्र भएको त्यो क्षमता म आफै निर्देशक भए भने अझ राम्रोसँग प्रयोग गर्न सक्छु भन्ने लाग्यो। बडीमा कति वर्कआउट गर्ने, कस्तो सिनेमा बनाउने, कतिसम्म लगानी गर्ने सबै आफै निर्णय गर्न सक्ने भइयो। त्यसैले आफै निर्देशन गरेँ। 

यसको मतलब बजारमा आफूले खोजेजस्तो राम्रो निर्देशक पाइएन?
त्यस्तो होइन। मैले आफूलाई अरुलेभन्दा धेरै चिनेको छु जस्तो लाग्छ। त्यसैले आफै निर्देशक हुँदा मैले कलाकारका रुपमा पनि आफूलाई अझ प्रयोग गर्न सक्छु भन्ने हो।

nimb
nimb
Ncell 2
Ncell 2

म हिजो जुन तरिकाले यो इन्डस्ट्रीमा आएँ या आज पनि आएँ, त्यसरी मान्छेहरू आज कोही आइरहेका छैनन्, आज त्यस्तो सिनेमा बनिरहेका छैनन्। ‘साङ्लो’ नितान्त मेहनतको सिनेमा हो।

यहाँ सबैले मेहनत गर्छन्, ३०–४० दिन। तर, त्यो मिहनेत र यो सिनेमाको मिहनेतमा धेरै फरक छ। जब कोही कलाकारले ६ महिना मिहनेत गरेर बडीमा सिक्स प्याक निकाल्नुपर्छ नि, त्यतिबेला बाह्र बज्छ। चारथाली भात खाएर कलाकार बनेर हुँदैन। किन ऋतिक रोशन, टाइगर श्राफ, टोनि जाको बडीलाई मान्छेहरूले मनपराउँछन्? किनकी त्यो चिज हामीसँग छैन। र, त्यसमा हामीजस्तो कलाकारले मिहनेत गर्ने हो।

हामी हिजो पनि मिहनेत गथ्र्यो, आज पनि गरिरहेका छौँ। चाहे त्यो डान्समा होस्, एक्सनमा होस् या बडी मेकिङमा। तपाई चार घन्टा ट्रेनिङ गरेर १५ दिनमात्रै खाना बार्नु प¥यो भने थाहा पाउनुहुन्छ, कति गाह्रो छ भनेर। अहिलेको कलाकारमा त्यो ट्रेन्ड नै देखिँदैन।

आफै निर्देशक हुँदा सिनेमामा आफ्नो क्यारेक्टर बढी नै हावी हुने जोखिम हुन्न?
तपाई डिरेक्टर भएपछि त्यति साँघुरो सोच राखेर त कहाँ हुन्छ? हरेक सिनमा म नै देखिनुपर्छ भन्ने ठान्यो भने म निर्देशक नै रहँदिन भन्ने सामान्य चेत ममा थियो। सिनेमामा विराज आवश्यकताभन्दा बढी हावी छैन। फिल्ममा हरेक पात्रको उपस्थिति तर्कसंगत छ। 

हालसालै फिल्म प्रचारका क्रममा तपाईंले आफूलाई बाघको संज्ञा दिँदै भन्नुभयो, ‘बाघ हराएको थिएन, एउटा जंगलबाट अर्को जंगलमा पुगेको थियो। अहिले फेरि आफ्नै जंगलमा फर्किएको छ।’ तपाई आफूलाई नेपाली फिल्म क्षेत्रको ‘बाघ’ ठान्नुहुन्छ, हो?
मलाई बाघ तपाईहरूले बनाएको हो, म त मान्छे हो। मान्छे बाघ त कसरी हुन सक्छ र (हाँस्दै)? अब कार्यक्रम संचालक नरेशजीले ट्रेलर हेरेपछि बाघजस्तो लाग्यो भन्नुभयो। त्यतिबेला खासमा मैले म सधैं अभिनय क्षेत्रमै छु, त्योभन्दा बाहिर गएको छैन भन्न खोजेको हो। भोजपुरी फिल्मको जंगलमा थिएँ, अहिले फेरि नेपाली फिल्मको जंगलमा छु। 

अब नेपाली फिल्मकै जंगलमा रहिरहने हो या फेरि भोजपुरीतिर फर्किने सोच छ?
हरेक क्षेत्रमा काम गर्ने हो। म त हरेक भाषाका फिल्ममा काम गर्न पाइयोस् भन्ने ठान्छु। तर, म बलिउडमा पुगौँ या हलिउड, म सधैं चिनिने त नेपाली कलाकारकै रुपमा हो।

 एउटा समय विराज भट्टको एक्सन नेपाली फिल्ममा खुब बिक्थ्यो तर अहिले अवस्था त्यस्तो छैन। नेपालमा बनेका एक्सन फिल्म लगातार फ्लप भइरहेका छन्। यो अवस्थामा एक्सन गरेर चुनौती मोलेजस्तो लाग्दैन?
अहिले यहाँ कसले एक्सन गर्न सकेको छ र? अहिले मैले कफी पिइरहेको क्याफेमा यदि कफी पाइँदैनथ्यो भने त चिया पिउनु मेरो बाध्यता हुन्थ्यो। एक्सन फिल्ममा हकमा भएको त्यही हो। एक्सन फिल्म गर्ने हिरो नभएपछि जे छ त्यसमै चित्त बुझाएर इन्डष्ट्री चलाउनुपर्ने अवस्था आएको हो।

यसको मतलब– नेपालमा एक्सन फिल्म नचल्नुको कारण एक्सन गर्ने राम्रा हिरोहरू नभएर हो?
‘अफकोर्स’, यथार्थ यही हो। एक्सन सिनेमा बन्नलाई एक्सन डिरेक्टरमात्रै भएर पुग्दैन। एक्सन सिनेमाका लागि एक्सन हिरो पनि चाहिन्छ।

निखिल उप्रेती तपाइले भनेजस्तै एक्सन हिरो होइनन् र?
उतातिर नजा‌‍‍‍औं, उसले काम गरिराको होला।

तर, तपाईले यहाँ कोही छैन भन्दा त निखिललाई नजरअन्दाज गरेजस्तो भएन र?
पछिल्लो पिँढीको कुरा गरेको हो मैले। आज एक्सन गर्ने नयाँ मान्छेहरू भित्रिएको छैन भन्न खोजेको हो।

तर, निखिलले आज पनि त एक्सन सिनेमा बनाइरहेकै छन् र बजारमा चलिरहेको पनि छैन?
त्यो त मलाई थाहा भएन।

पछिल्लो समय तपाइले नै बनाएको, तपाइले नै अभिनय गरेको एक्सन फिल्म ‘जय पर्शुराम’को पनि सोचजस्तो व्यापार नभएकै हो?
‘जय पर्शुराम’को खास बिजनेस तपाईलाई थाहा छ?

आधिकारिक व्यापार त तपाईलाई नै थाहा होला तर त्यसबेला सिनेमा हलमा भ्रमण गर्दा दर्शकको उपस्थिति निकै कमजोर भएको चाहिँ देखेकै हो। जसरी इन्डियामा सलमान खानको सिनेमाले डेढ सय करोड कलेक्सन गर्दा पनि त्यहाँ फ्लप भनिन्छ, यहाँ मेरो हकमा पनि भएको त्यही हो।

‘जय पर्शुराम’बाट निर्माताले ८०/८५ लाख रुपैयाँ हात पार्दा पनि सिनेमा फ्लप भयो। तर, आज अहिलेका सिनेमा फ्लप हुँदा निर्माताको हातमा कति परिरहेको छ, थाहा छ तपाईलाई? पाँच रुपैयाँ पनि खल्तीमा गएको छैन। ५ देखि ६ रुपैयाँ गएको छ भने पनि मलाई भन्नुस्। तर, हाम्रो सिनेमा फ्लप हुँदा पनि एउटा ठूलो रकमचाँही आउँछ क्या! अहिले नेपाली सिनेमाको हालत त तपाइले देखिरहनुभएकै छ। चारजना मान्छे हलमा छैन। पोस्टरको पैसा पनि उठिरहेको छैन। पहिलो शोबाटै दर्शक नभएर जुन ‘डिजास्टर’ बिजनेस भइरहेको छ नि, त्यो बिजनेस आजसम्म मैले कहिल्यै भोग्नुपरेको छैन। 

तपाईको कुरा सुन्दा लाग्यो, नेपालमा बनेका एक्सन फिल्म नचल्नुको कारण विराज भट्टको टाउकोको अभाव हो। यसमा सहमत हो?
हन्ड्रेट पर्सेन्ट हो। त्यसमा कुनै शंका नै छैन। लभ स्टोरी फिल्ममा मलाई कसैले लियो भने त्यो सिनेमा नचल्न सक्छ। किनभने मलाई त्यहाँ सुहाउँदै सुहाउँदैन। यहाँ कसैले ‘रणवीर’ बनाएँ, कसैले ‘जय शम्भो’ बनाए, कसैले ‘जायरा’ बनाए कसैले ‘कायरा’ बनाएँ। तर बिजनेस किन भएन? किनभने यी फिल्महरूमा एक्सन कलाकारको अभाव थियो।

त्यसोभए अब ‘साङ्लो’ रिलिज भएपछि विराजसँगै नेपाली फिल्ममा हराएको एक्सन क्रेज फेरि फर्किन्छ त?
कहिल्यै कुनै कुरा संसारमा हराएको हुँदैन। संसारमा हराउँदै नहराउने कुरा एक्सन हो। मात्रै समयअनुसार त्यसलाई प्रस्तुत गर्न जान्नुपर्छ। तपाई नेपालमा बसेर ‘दबंग’ हेर्नुहुन्छ, नेपालमै अंग्रजी एक्सन फिल्म हिट हुन्छ भने नेपाली एक्सन फिल्म चल्न सक्दैन कसरी भन्ने? राम्रो नगरेका कारणमात्रै नचलेको हो क्या!

तपाईको नजरमा तपाईं कस्तो कलाकार हो?
हरेक चिज गर्न सक्छु भन्ने मलाई लाग्छ। म केही गर्न पनि डराउँदिन। कमेडी, डान्स केही पनि गर्न अप्ठेरो मान्दिनँ। हरेक जोखिमपूर्ण सिन गर्न पनि तयार हुन्छु। 

तपाईको अभिनय यात्राले एक दशक नाघिसक्यो। आफ्नो यो यात्रालाई जीवनसँग जोडेर हेर्दा कसरी समीक्षा गर्नुहुन्छ?
१२–१३ वर्ष भइसक्यो तर अझै आफूलाई धेरै जानिसके भन्ने लाग्दैन रहेछ। सजिलो रहेनछ कलाकार बन्न। कहिले सिनेमा पाउन गाह्रो, कहिले पाएर पनि हिट हुन गाह्रो, कहिले के, कहिले के।

जीवनमा धेरै चिजहरूसँग ठोक्किनु पर्ने रहेछ। जीवनमा धेरै उतारचढाव हुने रहेछ। दुइ चार सिनेमा खेल्नेवित्तिकै मात्तिनुपर्ने होइन रहेछ। दुःख लाग्छ, अहिले नयाँ आउनेहरूमा यो प्रवृत्ती देखिराछु। सधँै म यसरी नै चलिरहन्छु भनेर कोही ठानिरहेको छ भने त्यो उसको ठूलो भ्रम हो। सफलता सधैं एकै ठाउँ उभिएर बसिरहँदैन। 

विपिन कार्कीको फिल्म ‘सेल्फी किङ’को एउटा डायलग अहिले हिट छ– ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फेम भन्ने कुरा छ नि, मुतको न्यानोजस्तोमात्रै हो। एकछिन तातो हुन्छ, मजा आउँछ। एकछिनपछि घिन लाग्न थाल्छ, गनाउँछ।’ डायलगसँग सहमत हुनुहुन्छ?
स्टारडम जान्छ जस्तो मलाई चाँहि लाग्दैन। राजेश हमालको स्टारडम गयो र? भुवन केसीको त्यस्तो भएको छ र? स्टारडम भनेको त मरेपछि पनि बाँचिरहने कुरा हो जस्तो लाग्छ। त्यसैले यो सब वाहियात डायलग हुन्।

तर, तपाईको स्टारडम त गयो नि। हिजो जस्तो क्रेज थियो, त्यो त आज रहेन नि?
हिजोको जस्तो आज छैन भनेर तपाई कसरी भन्न सक्नुहुन्छ? मेरो त सिनेमा रिलिजको तर्खरमा छ नि।

हिजो जसरी तपाईको सिनेमा हलमा लाग्दा दर्शकको भिड लाग्थ्यो, त्यो त पछिल्लो समय छैन भन्ने कुरा ‘जय पर्शुराम’ले प्रमाणित गरेकै हो। होइन र?
त्यस्तो होइन। म यहाँ चल्दाचल्दै भोजपुरी सिनेमामा गएको हो। म नचलेको होइन, मैले काम नगरेर मात्रै हो। मेरो पछाडि त सधैँ इन्डस्ट्री थियो नै। तर, मैले त्यतिबेला भोजपुरीलाई बढी समय दिएको हो। योबीचमा मेरो भोजपुरी सिनेमालाई नेपालीमा डब गरेरसम्म देखाइएको थियो। म नचलेको भए किन त्यस्तो गर्नुपर्थ्यो र? ‘जय पर्शुराम’को बारे त मैले अघि नै भनिसकेँ। 

विराज भट्टको स्टारडम सकिएको छैन, कहिल्यै सकिँदैन भन्न खोज्नुभएको हो?
'अफ कोर्स'। हो।.दर्शकको चाहनाकै कारण म आफैले सिनेमा निर्माण गरिरहेको हो। एउटा कलाकारको सिनेमा नचल्दैमा उसको स्टारडम सकिएको हुन्छ भन्ने म ठान्दिनँ। जसले आफ्नो एउटा पहिचान बनाइसकेको हुन्छ, त्यो सकिने भन्ने हुँदैन। आज राजेश दाईले एउटा पनि सिनेमा गर्नुभएको छैन तर आज पनि बाटोमा हिड्दा उनले पाएजस्तो सम्मान अरु कसैले पाउँदैन। यो स्टारडम नभए के हो त?

आज एउटा टावरमा उभिएर आफ्ना संघर्षका दिनलाई फर्केर हेर्नुपर्दा कसरी हेर्नुहुन्छ?
संघर्षका दिनलाई सम्झिरहनुपर्छ भन्ने मलाई लाग्दैन।

किनभने  संघर्ष त आज पनि जारी नै छ। हिजो सिनेमा खेल्नका लागि संघर्ष थियो होला, आज सिनेमा बनाउनका लागि भइरहेको छ, हलमा चलाउनका लागि भइरहेको छ। 

सुरुवाती संघर्षका दिनमा त तपाईलाई निर्देशकहरू फिल्मको हिरो मान्नसमेत तयार थिएनन् है। त्यतिबेला चल्तीका निर्देशक तुलसी घिमिरे, उज्जवल घिमिरेहरूले भिलेनको जस्तो रुप भनेर हिरोमा अस्वीकार गरेको हैन?
हो। त्यतिबेला कसैलाई पनि हिरो बन्न सहज थिएन। कोही हिरोको पछाडी नाच्दानाच्दै हिरो भए त कोही फाइटर हुँदै हिरो भए। साँच्चै गाह्रो थियो त्यतिबेला। तर, आज मान्छेसँग पैसा छ भने ऊ सजिलै हिरो भइहाल्छ। आफूसँग भएको एक कठ्ठा जग्गा बेच्यो भने हिरो भइहाल्छ। 

एक्सनमा निखिल उप्रेती जमिरहेका बेला तपाईको प्रवेश भएपछि तपाईहरू दुइजनाबीच अस्वस्थ प्रतिष्पर्धा बढेको टिप्पणी हुन्थ्यो। बोलचालसम्म बन्द भएको चर्चा थियो, अहिले के छ अवस्था?
त्यस्तो केही थिएन। सबै हावा कुराहरू हो। टक्कर त मिडियाले देखाइदिएको हो। जुन सम्बन्ध हाम्रो त्यतिबेला हो, त्यस्तै सम्बन्ध अहिले पनि हो। बरु अहिले भेटघाट कम हुन्छ, त्यतिबेला धेरै हुन्थ्यो। 

तपाई भोजपुरी फिल्ममा जमेपछि धेरैको अनुमान थियो– अब तपाईको प्रयास बलिउडतिर होला। तर, त्यसो भएन। प्रयास गरेर असफल भएको हो?
मैले भोजपुरी फिल्म गर्ने क्रममा एकपल्ट पनि हिन्दीका लागि प्रयास गरिनँ। मलाई धेरैले सल्लाह दिए, तपाई ट्राइ गर्नुस् न, किन यतै मात्र खुम्चिएर बसेको? तर, मैले कसैको सुनिनँ। मैले कहिले अडिसन धाइनँ। कहिल्यै कुनै किसिमको शक्ति प्रयोग गर्ने प्रयत्न गरिनँ। 

अहिले फेरि बलिउडमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ भन्ने खबर सुनिएको छ?
हो, म अब सोच्दैछु। धेरैअघि गर्नुपर्ने रहेछ भन्ने अहिले आएर लाग्न थालेको छ। 

तपाई ज्यान बनाएर हिरो बनेको आरोप लाग्ने गर्छ। यसमा सहमत हुनुहुन्छ?
यो आरोप त बलिउडमा सलमान खानलाई पनि लाग्थ्यो। तर, यस्तो आरोप लगाउने स्टारहरू आज इन्डस्ट्रीबाटै हराइसके, सलमानको क्रेज भने झन् बढिरहेको छ। 

यसको अर्थ, तपाईको हकमा पनि त्यही हो?
अफ कोर्स। कोही मान्छे ज्यानकै कारण मात्र हिरो हुन्थ्यो भने त यहाँ हिरो खोज्नलाई कुनै मेहनत नै गर्नुपर्दैन, सिधैँ जिम हलतिर धाएर ठूल्ठूला ज्यान भएका मान्छे खोजेर ल्याए भयो। टार्जन सबैभन्दा ठूलो ज्यान भएको मान्छे, उसैलाई हिरो लिए भइहाल्यो। त्यसैले म ज्यानकै कारण हिरो भएको हो भन्ने चाँहि मलाई लाग्दैन। 

जाँदाजाँदै सोधिहालौँ– हामीकहाँ फिल्म बनाउनभन्दा चलाउन गाह्रो छ भन्छन्। तपाईको अनुभवले के भन्यो?
खासमा फिल्म चलाउन होइन, बनाउनै गाह्रो हो। तर, यहाँ मान्छेहरूले चलाउन गाह्रो बनाइदिएका छन्। कुनै सिस्टम नै छैन यहाँ। सबै फटाहाहरू छन्, एकले अर्काको डाह मात्रै गर्छन्। वितरकहरूबीच नै इगो प्रोब्लम छ र त्यसको मारमा हामी निर्माता परिरहेका छौँ। उदाहरणका लागि मैले एउटा वितरकका लागि फिल्मको जिम्मा दिएको हुन्छु।

त्यो वितरकसँग अर्को वितरक रिसाएको हुन्छ। र, त्यसले त्यो वितरकसँग रिस साँध्न अर्को फिल्म जुधाउँछ या हल बाँडफाँडमा राजनीति गर्छ।

अनि हामी फिल्ममेकर त्यसको मारमा पर्छौ। यसरी फिल्म हलमा लगाउन जर्बजस्ती गाह्रो बनाइन्छ यहाँ। 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्