काठमाडौं– सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो ।
कामु भएपछि मल्ल र अर्का न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा ३६ वटा पेसी तोकिएको छ । यसअघि पनि प्रकाशशमान सिंह राउत बिदा बसेपछि मल्ल कामु प्रधानन्यायाधीश भएकी थिइन् ।
तर न्यायाधीशको वरीयतामा पहिलो नम्बरमा रहेकी मल्ललाई नबनाएर चौथो नम्बरका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बनाएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।