काठमाडौं- स्पेनिस ला लिगाको खेलमा भायाडोलिडलाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। मड्रिडका लागि खेलको ७८औँ मिनेटमा नाचोले गरेको गोल निर्णायक भएको हो।
जितसँगै रियल मड्रिडले बार्सिलोनासँग ३ अंकको अग्रता बनाएको छ। बार्सिलोना शनिबार राति भ्यालेन्सियासँग २–० ले पराजित भएपछि शीर्ष स्थान गुमाएको हो।
‘उसलाई मैले पोस्टमा नै प्रहार गर्न ध्यान दिएर खेल्न भनेको थिएँ। ऊ डिफेन्डर हो, सामान्यतः गोलमा बढ्ने भन्ने देखिँदैन, त्यसैले उसका लागि म खुसी छु’ नाचोबारे खेलपछि प्रशिक्षक जिनेदिने जिदानले भने।
६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको रियल मड्रिडले भायाडोलिडलाई दबाबमा नै राखे पनि थप गोल हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।