एजेन्सी- अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाे छ।
ब्रायन्टको अमेरिकाकाे क्यालिफोर्नियामा हेलिकाेप्टर दुर्घटनामा हुँदा मृत्यु भएको हाे। ४१ वर्षीय ब्रायन्ट निजी हेलिकाेप्टरमा यात्रा गर्दै थिए।
लगातार पाँच पटक एनबीए च्याम्पियन बनेका ब्रायन्ट बास्केटबलकाे इतिहासमा सबैभन्दा ठूलो खेलाडी मानिन्छ। सन् २०१६ मा खेलबाट सन्यास लिएका ब्रायन्टले २० वर्ष लामो खेल जीवनमा लस एन्जलसका लागि खेले।
बाक्लो हुस्सुका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ। हेलिकोप्टर अस्वाभाविक रुपले खसेकाे प्रत्यक्षदर्शीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।