कराची– पाकिस्तानले वेस्ट इन्डिज विरुद्धको तीन खेलको टी–२० सिरिज क्लिनस्विप गरेको छ। लगातार तेस्रो जित हात पार्ने क्रममा पाकिस्तानले तेस्रो टी–२० मा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो।
कराचीमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पाकिस्तानले ८ विकेटको क्षतिमा १६.५ ओभरमा पार गर्यो। पाकिस्तानको जितमा फकर जमानले १७ बलमा ४० र बाबर अजामले ४० बलमा ५१ रन जोडे। जमानले ६ चौका र २ छक्का तथा अजामले ६ चौका हिर्काए। हुसेन तलातले नटआउट २८ र आरिफ अलिले नटआउट २५ रन जोडेका थिए।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १ सय ५३ रन जोड्यो। वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ५२, मार्लोन स्यामुयल्सले ३१ र दिनेश रमदिनले नटआउट ४२ रन जोडे।
बलिङतर्फ पाकिस्तानका सादव खानले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।