• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अब टिमको ५ खेल बाँकी, कस्तो छ ए डिभिजन लिगको अवस्था? 

64x64
नेपाल लाइभ सोमबार, माघ १३, २०७६  ०७:१९
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब सबै १४ टिमले पाँच/पाँच खेल खेल्न बाँकी छ। आठ खेल सकिँदा १७ अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। तर लिगमा विजेताको अनुमान गर्न सकिने अवस्था भने छैन। 

अंक तालिकामा दोस्रोमा रहेको मछिन्द्र, तेस्रोमा रहेको मनाङ मर्स्याङ्दी क्लब साथै चौथोमा रहेको थ्री स्टारको पनि अंक भिन्नता ठूलो छैन। मछिन्द्रको १६ अंक, मनाङको पनि १६ अंक नै छ भने थ्री स्टारको १४ अंक छ। यसैले बाँकी रहेका खेलको महत्व अझ बढेको छ। 

चौथो स्थानबाट तल रहेका एनआरटी, जावलाखेल, संकटा क्लबको १२ अंक छ भने पुलिस क्लबको ११, च्यासलको ९, बिग्रेड ब्वाइज र फ्रेन्ड्सको ८, हिमालयन शेर्पाको ७ र एपिएफको ५ अंक छ। पुछारमा रहेको सरस्वती युथ क्लबको १ अंक मात्रै छ। एक टिम मात्रै रेलिगेसन गर्ने एन्फाको नियमअनुसार कमजोर अवस्था सरस्वतीकै देखिन्छ। 

प्राय खेलमा आफूहरुको फिनिसिङ राम्रो हुन नसकेको र खेलमा तालमेल मिले पनि गोलमा बढ्दा कमजोरी भएकाले पछि पर्नुपरेको सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपाल बताउँछन्। 

‘हाम्रो फिनिसिङमा कमजोरी देखिएको छ। पाएको बल पनि गोल हार्न सकेका छैनौँ। अब ५ खेल बाँकी छ। कोशिस गर्ने नै हो। त्योबाहेक अरु उपाय पनि छैन। मेहनत गरेर खेल्ने नै हो’ सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले बताए। 

सरस्वती युथ क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित थ्री स्टार, संकटा, च्यासल र हिमालयन शेर्पा क्लबसँग खेल्न बाँकी रहेको छ। रेलिगेसनबाट बाँच्न आफ्नो खेलको नतिजासँगै अन्य खेलको नतिजाले पनि सरस्वतीलाई असर गर्नेछ। 

तालिकाको मध्यमा रहने टिमले समेत अझै उपाधिमा दाबेदारी दिन मिल्ने गरेर अघि बढेको लिगमा शीर्ष चार टिमको खेल उपाधिमा महत्वपूर्ण हुनेछ। शीर्ष स्थानमा रहेको नेपाल आर्मी क्लबले अब दोस्रो स्थानमा रहेको मछिन्द्रसहित जावलाखेल, पुलिस, बिग्रेड ब्वाइज र एपिएफसँग खेल्न बाँकी छ। यस्तै मछिन्द्रले आर्मीसहित थ्री स्टार, संकटा, एपिएफ र सरस्वतीसँग खेल्न बाँकी छ। 

Ncell 2
Ncell 2

मछिन्द्र र आर्मीबीचको खेलले धेरै विषय प्रष्ट पार्ने भए पनि अहिलेसम्म एक खेल पनि नहारेको मनाङ मर्स्याङ्दीको अवस्था पनि बलियो बन्दै गएको छ। तेस्रो स्थानमा रहेको मनाङले अब एनआरटी, जावलाखेल, संकटा, पुलिस र च्यासल युथ क्लबसँग खेल्न बाँकी छ। 

यस्तै चौथो स्थानमा १४ अंकसहित बढीरहेको थ्री स्टारले अब मछिन्द्र, एनआरटी, संकटा, च्यासल र सरस्वती युथ क्लबसँग खेल्न बाँकी रहेको छ। सबै दाबेदार टिमका प्रशिक्षकहरु लिगमा के हुने भन्ने अनुमान कठीन भएको र कुनै टिमलाई कमजोर आँक्न नमिल्ने बताउँछन्।

‘हामीलाई खेल सजिलो छैन, कठीन नै छ। सबै टिमहरु माथि माथि आउँदै छन्। अहिलेसम्म गरेको भन्दा डब्बल मेहनत गर्नुपर्ने देखिन्छ। तर अहिलेको लागि हाम्रो सोच माथि टिकिराख्ने र उपाधिमा बढ्ने नै हो’ मनाङ मर्स्याङ्दीका प्रशिक्षक धनेश्वर प्रजापतिले भने।

डिफेन्डिङ च्याम्पियन मनाङले गएको सिजन आठ अंकको अग्रता बनाएर कीर्तिमानी आठौँ पटक लिगको उपाधि जितेको थियो। यसपटक उपाधि जोगाउन भने गएको सिजनको जस्तो सहज देखिँदैन।  

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि लिग उपाधि बढ्न सहज नरहेको बताउँछन्। ‘अब आउने हरेक खेल महत्वपूर्ण छ। हामीले प्रत्येक खेललाई हेर्दै अगाडि बढ्नुपर्ने छ। यसपटक उपाधि जित्ने योजनामा नै छौँ, हेरौँ के हुन्छ’ आर्मीका प्रशिक्षक न्यौपानेले भने। 

कुन क्लबको नतिजा कस्तो?

त्रिभुवन आर्मी क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको आर्मी क्लबले दोस्रो खेलमा हार्न पुग्यो। मनाङ मर्स्याङ्दीसँग १-० ले हारेपछि तेस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्बललाई २-० ले हरायो। 

लिगको चौथो खेलमा थ्री स्टारलाई पनि २-० ले नै हराएको आर्मीले पाँचौँ खेलमा सरस्वती युथ क्लबलाई १-० ले हरायो। छैठौँ खेलमा संकटासँग १-१ को बराबरी खेलेको आर्मीले सातौँ खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो। आठौँ खेलमा आर्मी एनआरटीसँग गोलरहित बराबरीमा रोकियो। 

मछिन्द्र क्लब
मछिन्द्र क्बलले लिगको पहिलो खेलमा बिग्रेड ब्वाइज क्लबलाई २-० ले हराएको थियो। दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३-० ले हराएको मछिन्द्रले चौथो खेलमा एनआरटीलाई १-० ले हरायो। 

लिगको पाँचौँ खेलमा मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको मछिन्द्रले छैठौँ खेलमा जावलाखेललाई १-० ले हराएको थियो। सातौँ चरणमा पुगेर पहिलो हार भोगेको मछिन्द्र हिमालयन शेर्पासँग २-० ले हारेको थियो। आठौँ खेलमा मछिन्द्रले पुलिस क्लबलाई १-० ले हराएको थियो। 

मनाङ मर्स्याङ्दी क्लब
जारी लिगमा अपराजित टिम मनाङ मर्स्याङ्दी क्लब मात्रै हो। मनाङले लिगको पहिलो खेलमा एपिएफलाई २-० ले हराएको थियो। दोस्रो खेलमा आर्मीलाई १-० ले हराएको मनाङले तेस्रो खेलमा बिग्रेड ब्वाइज क्लबलाई पनि १-० ले नै हरायो। मनाङले त्यसपछि लगातार चार खेल बराबरी खेल्यो।

चौथो खेलमा फ्रेन्ड्ससँग १-१ गोलको बराबरी खेलेको मनाङले लिगको पाँचौँ खेलमा मछिन्द्रसँग पनि २-२ गोलको बराबरी नै खेल्यो। छैठौँ खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। सातौँ खेलमा थ्री स्टार क्लबसँग २-२ गोलको बराबरी खेल्यो। आठौँ खेलमा सरस्वती क्लबलाई १-० ले हरायो। 

थ्री स्टार क्लब
लिगको पहिलो खेल जावलाखेल युथ क्लबसँग बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। तेस्रो खेलमा एपिएफलाई १-० ले नै हराएको थ्री स्टार चौथो खेलमा आर्मीसँग २-० ले पराजित भएको थियो। 

लिगको पाँचौँ खेलमा बिग्रेड ब्वाइज क्लबलाई ३-१ ले हराएको थ्री स्टार छैठौँ खेलमा फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो। सातौँ चरणको खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको थियो। आठौँ खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई ३-१ ले हरायो। 

न्यू रोड टिम (एनआरटी)
जारी लिगमा एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा संकटा क्लबसँग १-० ले हारेको एनआरटीले तेस्रो खेलमा च्यासल युथ क्लबलाई २-१ ले हरायो। चौथो खेलमा मछिन्द्रसँग १-० ले पराजित भयो।

लिगको पाँचौँ खेलमा जावलाखेलसँग गोलरहित बराबरी खेलेको एनआरटीले छैठौँ खेलमा पुलिस क्लबलाई १-० ले हराएको थियो। सातौँ खेलमा एपिएफलाई ३-२ ले हराएको एनआरटीले आठौँ खेलमा आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको थियो। 

जावलाखेल युथ क्लब
लिगको पहिलो खेलमा जावलाखेलले थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो। दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको जावलाखेलले तेस्रो खेलमा संकटासँग १-१ गोलको बराबरी खेलेको थियो। 

लिगको चौथो खेलमा च्यासललाई २-० ले हराएको जावलाखेलले पाँचौँ खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो। छैठौँ खेलमा पहिलो हार भोगेको जावलाखेल मछिन्द्रसँग १-० ले हारेको थियो। त्यसपछि सातौँ खेलमा जावलाखेल पुलिस क्लबसँग २-० ले हार्न पुग्यो। आठौँ खेलमा जावलाखेलले एपिएफलाई १-० ले हराएको थियो। 

संकटा क्लब
लिगको पहिलो खेलमा संकटा क्लब च्यासल युथ क्लबसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा एनआरटीलाई १-० ले हराएको संकटा तेस्रो खेलमा जावलाखेलसँग १-१ गोलको बराबरीमा रोकियो। चौथो खेलमा संकटा नेपाल पुलिस क्लबसँग २-१ ले हारेको थियो। 

लिगको पाँचौँ खेलमा संकटा क्लबले एपिएफलाई ४-२ ले हराएको थियो। छैठौँ खेलमा संकटाले आर्मी क्बलसँग १-१ गोलको बराबरी खेल्यो भने सातौँ खेलमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी भएको थियो। आठौँ खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० ले हरायो। 

नेपाल पुलिस क्लब
लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। दोस्रो खेलमा थ्री स्टारसँग १-० ले पराजित पुलिसले तेस्रो खेलमा सरस्वती युथ क्लबलाई २-० ले हरायो। चौथो खेलमा संकटालाई २-१ ले हरायो।

पुलिस क्लबले लिगको पाँचौँ खेलमा च्यासल युथ क्लबसँग २-२ गोलको बराबरी खेल्यो। छैठौँ खेलमा एनआरटीलाई १-० ले हराएको पुलिसले सातौँ खेलमा जावलाखेललाई २-० ले हराउन सक्यो। आठाँै खेलमा पुलिस क्लब मछिन्द्रसँग १-० ले पराजित हुन पुग्यो। 

च्यासल युथ क्लब
लिगको पहिलो खेलमा च्यासल युथ क्लबले संकटा क्लबलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको थियो। दोस्रो खेलमा मछिन्द्रसँग १-१ गोलको बराबरी खेलेको च्यासल तेस्रो खेलमा एनआरटीसँग २-१ ले हारेको थियो। च्यासल चौथो खेलमा जावलाखेलसँग २-० ले पराजित भयो। 

लिगको पाँचौँ खेलमा पुलिस क्लबसँग २-२ गोलको बराबरी खेलेको च्यासलले छैठौँ खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा भने च्यासल आर्मी क्लबसँग ३-० ले पराजित भयो। आठौँ खेलमा च्यासलले बिग्रेड ब्वाइज क्लबलाई १-० ले हरायो। 

बिग्रेड ब्वाइज क्लब
बिग्रेड ब्वाइज क्लब लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग २-० ले हारेको थियो। दोस्रो खेलमा फ्रेन्ड्ससँग २-० ले नै हारेको बिग्रेड ब्वाइज तेस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराउँदै बिग्रेड ब्वाइजले पहिलो जित निकालेको थियो। 

लिगको पाँचौँ खेलमा थ्री स्टार क्लबसँग ३-१ ले हारेको बिग्रेड ब्वाइजले छैठौँ खेलमा सरस्वती क्लबसँग गोलरहित बराबरी खेलेको थियो। बिग्रेड ब्वाइजले सातौँ खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो। आठौँ खेलमा बिग्रेड ब्वाइज क्लब च्यासलसँग १-० ले पराजित भयो। 

फ्रेन्ड्स क्लब
लिगको पहिलो खेलमा फ्रेन्ड्स क्लब त्रिभुवन आर्मी क्लबसँग २-१ ले पराजित भएको थियो। फ्रेन्ड्स दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबसँग २-० ले पराजित भयो। तेस्रो खेलमा मछिन्द्रसँग ३-० ले हार्न पुग्यो। चौथो खेलमा पहिलो अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।

लिगको पाँचौँ खेलमा हिमालयन शेर्पासँग पनि फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै एक अंक जोड्यो। छैठौँ खेलमा थ्री स्टार क्लबलाई १-० ले हराएर पहिलो जित निकालेको फ्रेन्ड्सले सातौँ खेलमा सरस्वती युथ क्लबलाई ४-१ ले हरायो। आठौँ खेलमा फ्रेन्ड्स संकटा क्लबसँग १-० पराजित भयो। 

हिमालयन शेर्पा क्लब
लिगको पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको हिमालयन शेर्पा क्लबले दोस्रो खेलमा एपिएफसँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा आर्मीसँग २-० ले हारेको शेर्पा चौथो खेलमा बिग्रेड ब्वाइजसँग १-० ले हारेको थियो। 

हिमालयन शेर्पाले लिगको पाँचौँ खेलमा फ्रेन्ड्ससँग र छैठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी नै खेलेको थियो। सातौँ खेलमा भने हिमालयन शेर्पा मछिन्द्रसँग २-० ले पराजित भएको थियो। आठौँ खेलमा हिमालयन शेर्पा क्बल थ्री स्टार क्लबसँग ३-१ ले पराजित भयो। 

एपिएफ क्लब
लिगको पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग २-० ले हारेको एपिएफले दोस्रो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा थ्री स्टार क्लबसँग १-० ले हारेको एपिएफले चौथो खेलमा सरस्वती युथ क्लबलाई २-१ ले हराएको थियो।

लिगको पाँचौँ खेलमा संकटा क्लबसँग ४-२ ले हारेको एपिएफले छैठौँ खेलमा च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। सातौँ खेलमा एपिएफ एनआरटीसँग ३-२ ले हारेको थियो। आठौँ खेलमा एपिएफ जावलाखेलसँग १-० ले हारेको थियो। 

सरस्वती युथ क्लब
सरस्वतीको खेल राम्रो हुन सकेको छैन। पहिलो खेलमा एनआरटीसँग ४-० ले हारेको सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १-० ले पराजित भयो। तेस्रो खेलमा पुलिस क्लबसँग २-० र चौथो खेलमा एपिएफसँग २-१ ले पराजित भयो।

लिगको पाँचौँ खेलमा आर्मीसँग १-० ले हारेको सरस्वतीले छैठौँ खेलमा बल्ल एक अंक जोड्न सक्यो। जसमा बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको सरस्वती सातौँ खेलमा फ्रेन्ड्स क्लबसँग ४-१ ले पराजित भयो। सरस्वती आठौँ खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो। 

प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू मंगलबार, मंसिर ९, २०८२
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई मंगलबार, मंसिर ९, २०८२
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन मंगलबार, मंसिर ९, २०८२
सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो मंगलबार, मंसिर ९, २०८२
कोप-३०: १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्