• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बिग ब्यास छाडेर त्रिदेशीय सिरिज खेल्न नेपाल आउँदै सन्दीप

मेलबर्न स्टार्स समस्यामा परेको विश्लेषण 
64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १७:०९
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने ओमान र अमेरिकासँग हुने त्रिदेशीय सिरिजका लागि बिग ब्यास लिग छाडेर नेपाल फर्किएका छन्। उनी सोमबार बिहान काठमाडौं आइपुग्ने छन्।

आउँदो २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजका लागि सन्दीप फर्कन लागेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले  गएको शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। जसमा बसन्त रेग्मीको अनुपस्थितिले सन्दीप लामिछाने थप महत्वपूर्ण खेलाडी देखिएका छन्। १३औँ दक्षिण एसियाली खेलकुदको समयदेखि नै चोटग्रस्त रहेका सोमपाल कामी चोटकै कारण टिममा परेका छैनन्। 

उता बिग ब्यासमा सन्दीप रहेको मेलबर्न स्टार्स १४ खेलमा १० जित, ४ मा हारसहित शीर्ष स्थानमा रहेको छ। सन्दीपले खेलेका १३ खेलमा १५ विकेट लिएका छन्। शनिबार ब्रिसबेन हिटसँग ७१ रनले हारेको खेलमा पनि सन्दीपले ४ ओभरमा १६ रन मात्र दिएर १ विकेट लिएका थिए। 

सन्दीपसँगै तीव्र गतिका बलर हरिस रौफ बंगलादेशसँगको टी ट्वान्टीको लागि पाकिस्तानमा रहेकाले मेलबर्न स्टार्स समस्यामा देखिएको छ। सन्दीपलाई पूरा सिजन टिममा खेलाउन पाउने आशमा रहेको मेलबर्न नेपालको सिरिजले समस्यामा परेको बताइएको छ। 

‘यो प्रतियोगिताभर हाम्रो स्पिन बलिङको अट्याक निकै राम्रो भएको थियो। सन्दीपले जब छाडेर जानुपर्ने भयो भनेको थियो तब मैले राम्ररी कुरा गर्नै सकिनँ, किनभने ऊ निकै राम्रो खेलाडी हो। प्रतियोगितामा अगाडि बढ्न उसको भूमिका महत्वपूर्ण हुने थियो’ मेलबर्न स्टार्सका प्रशिक्षक डेभिड हस्सीले क्रिकइन्फोसँग भनेका छन्।

ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजका लागि नेपाली टिम अहिले पोखरामा अभ्यासमा रहेको छ। जहाँ मलेसियाको टिमसँग नेपालले ३ खेलको एकदिवसीय सिरिज नेपालले क्लिन स्वीप गरेको थियो। 

Ncell 2
Ncell 2

किन महत्वपूर्ण छ लिग-२?
आइसिसी विश्व कप क्रिकेट लिग-२ सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने बाटो हो।

लिग-२ मा अहिले सात देश छन्। २०१९ को अगष्टबाट नै सुरु भएको यो लिग-२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन्। जसमा अमेरिका, स्कटल्यान्ड र पपुवा न्युगिनीले समान ८-८ खेल खेलिसकेका छन् भने, नामिविया, ओमान र युएईले समान ४-४ खेल खेलिसकेका छन्। नेपालको भने ओमान र अमेरिकासँगको सिरिज नै पहिलो हो।

जसअनुसार अमेरिकाले १२ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ९ अंक बनाएर दोस्रो र नामिविया र ओमान समान ६-६ अंक बनाउँदै तेस्रो र चौथो स्थानमा छन्। युएईले ३ अंक बनाएको छ। यता, ८ खेलमा सबैमा पराजित भएको पपुवा न्युगिनी भने लिग-२ को पुछारमा छ।

यसरी एउटा टिमले लिग-२ मा ३६ वटा खेल खेल्नेछ। लिग-२ बाट शीर्ष ३ टिमले २०२३ को विश्व कप छनोटमा सिधै स्थान बनाउने छन्।

बाँकी चार टिमले पनि विश्वकप छनोटमा प्रवेश गर्न अर्को मौका पाउने छन्। जसलाई आइसिसीले प्लेअफको उपनाम दिएको छ।

जहाँ लिग-२ बाट आएका ४ टिम र च्यालेन्ज लिगबाट आएका शीर्ष २ टिमसहित ६ टिमले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। २०२२ मा आयोजना हुने प्लेअफबाट शीर्ष २ टिम विश्वकप छनोट खेलमा प्रवेश गर्नेछन्।

विश्वकप छनोट २०२२ मा आयोजना हुनेछ। जहाँ सुपर लिगका पुछारका ५, लिग-२ बाट आएका ३ र प्लेअफबाट आएका २ राष्ट्र गरी १० टिमले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्। 

सुपर लिगमा टेस्ट मान्यता प्राप्त १२ देश र नेदरल्याण्ड्स रहेका छन्। यस्तै च्यालेन्ज लिगमा आइसिसी वरियतामा २१ सहित ३२ औँ स्थानसम्म रहेका देशले प्रतिस्पर्धा गर्नेछन्। 

विश्वकप छनोटबाट विजेता र उपविजेता बन्ने टिमले मात्रै भारतमा सन् २०२३ मा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। विश्वकपमा १० टिमको सहभागिता रहने छ।  

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शिक्षामन्त्रीले स्थानीय तहलाई भने- कर्मचारी र बालशिक्षकलाई न्यूनतम तलब दिनू मंगलबार, मंसिर ९, २०८२
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई मंगलबार, मंसिर ९, २०८२
भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै सम्पर्कविहीन मंगलबार, मंसिर ९, २०८२
सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो मंगलबार, मंसिर ९, २०८२
कोप-३०: १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी सोमबार, मंसिर ८, २०८२
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्