एजेन्सी– युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालिनय च्याम्पियन युभेन्ट्समाथि सानदार जित हात पारेको छ। रियलले मंगलबार राति भएको खेलमा युभेटन्ट्सलाई ३–० गोलले हराएको हो।
खेलको तेस्रो मिनेटमा स्ट्राइकर रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा रियलका टोनी क्रुसले २५ यार्ड टाढाबाट हानेको प्रहार क्रसबारमा लागेको थियो। ६४ मिनेटमा रोनाल्डोले अविश्वसनीय गोल गरे। ड्यानी कार्भान्जको क्रसमा रोनाल्डोले बाइसाइकल किकमार्फत गोल गरेका थिए। रियलका लागि ७२ मिनेटमा मार्सेलोले तेस्रो गोल गरेका थिए।

लिगको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई २–१ गोलले हराएको छ। ३२ मिनेटमा साबारियाले गोल गरेर सेभिल्लालाई अग्रता दिलाएका थिए। तर ३७ मिनेटमा सेभिल्लाका जेसस नाभासले आफ्नै पोस्टमा गोल गर्दा वायर्नले खेल बराबरी गर्न सफल भयो। ६८ मिनेटमा थियागो एल्कान्टाराले अर्को गोल गरेपछि वायर्न २–१ गोलले अघि बढेको थियो।

लिगमा बुधबार राति बार्सिलोना र रोमा तथा लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।