एजेन्सी- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले भारत एसिया कप खेल्न आउँदैन भने आफूहरु पनि टी-२० विश्वकप खेल्न नजाने बताएकाे छ। २०२१ मा भारतले टी-२० विश्वकप आयोजना गर्दैछ।
एसिया कप टी-२० यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ। पिसिबीका सिइओ वसीम खानले शनिबार याे जानकारी गराएका हुन्। उनले पिसिबीले बंगलादेश टीम पाकिस्तानमा खेल्न आए एसिया कप हस्तान्तरण गर्ने छ भन्ने कुरामा कुनै सत्यता नभएकाे बताए। उनले याे हल्ला मात्रै भएकाे जिकिर गरे।
'हामीलाई एसियन क्रिकेट काउन्सिल (एसिसी)ले होस्टिंग अधिकार दिएको छ। हामी कसैलाई पनि हस्तान्तरण गर्न सक्दैनौं। हामीसँग त्यो अधिकार छैन,' वसीमले भने, 'एसिया कप आयोजना गर्न पिसिबीले अरु दुई स्थानमा विचार गरिरहेको छ।'
वसीमले भारतसँगको तनावका कारण पाकिस्तानले एसिया कपको आयोजना गर्न अन्य दुई स्थान विचार गरिरहेको बताए।
टीम इन्डियाले २००८ देखि पाकिस्तानको भ्रमण गरेको छैन भने पाकिस्तानको टीमले पनि २०१२ पछि भारत भ्रमण गरेकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।