काठमाडौं- विभिन्न ९ दलले अमेरिकी सरकारको सहयोग कम्प्याक्ट एमसिसी नेपालको राष्ट्रिय हित विपरीत भएको निष्कर्ष निकालेका छन्।
शनिबार ९ दलले बैठक बसी एमसिसीका विषयमा साझा धारणा तय गरेका हुन्।
'एमसिसी सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ,' ९ दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसका साथै लिम्पियाधुरा लिपुलेक क्षेत्रमा भारतले गरेको अतिक्रमणका विरुद्ध समेत संघर्ष गर्न ९ दल सहमत भएका छन्।
'अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्ता संघर्ष गर्न हामी सहमत भएका छौं,' विज्ञप्तिमा भनिएको छ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपा मालेका महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी नेकपा अध्यक्ष ऋषि कट्टेललगायतले सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।