काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले अमेरिकी सहयोग परियोजना(एमसिसी) परिमार्जनसहित सदनबाट पारित हुने बताएका छन्।
प्रदेश स्तरीय सुरक्षा गोष्ठिका लागि कर्णालीको मुकाम सुर्खेत पुगेका मन्त्री थापाले एमसिसी परिमार्जनसहित पारित हुने जानकारी गराए। उनले भने, ‘२०१७ मा भएको सम्झौताअनुसार सदनबाट पारित गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियहित अनुकुल हुने गरी परिमार्जन गरी पारित हुने अपेक्षा छ।’
नेपालको आर्थिक सूचक सकरात्मक रहेको उनले दाबी गरे। अन्तराष्ट्रिय निकायहरुले नेपालको आर्थिक वृद्धिदर बढेको तथ्यांक प्रस्तुत गरेका उनले बताए। ‘७.१ प्रतिशतको आर्थिक वृद्धिदरलाई सरकारले ८ प्रतिशतको भन्दा बढी पुर्याउने लक्ष्य राखेको छ।’ उक्त लक्ष्य सरकारले पुरा गर्ने दाबी समेत गरे।
आर्थिक सूचकहरु सकरात्मक दिशातर्फ रहेको बताएका मन्त्री थापाले सरकारको सरकारको पुँजीगत खर्चको लक्ष्य पूरा गर्न नसकेको बताए। निर्यात बढेको र आयात घटेको दाबी गर्दै उनले भने, ‘लगानी वृद्धि भएको छ। विकासका पूर्वाधारका निर्माणका कार्य अघि बढेको छ।’ छाउप्रथा उन्मुलनको लागि सरकारले अभियान नै सञ्चालनसमेत जानकारी उनले गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।