काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभामुखको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति देउवाबीच दुई घन्टादेखि छलफल भइरहेकाे कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी गराए।
संवैधानिक निकायमा रिक्त पदाधिकारीकाे पदपूर्तिका विषयमा समेत उनीहरुबीच छलफल भएकाे बताइएकाे छ।
सभामुखमा नेकपाका उम्मेदवारलाई निर्विरोध छोडेको कांग्रेसले उपसभामुख दाबी गर्दै आएको छ।
पार्टीभित्र र बाहिर सभामुखमा कांग्रेसले उम्मेदवारी नदिएको भन्दै विरोधसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।