काठमाडौं- नेपालको क्रान्तिको आफ्नै मौलिकता भएको नेपाल कम्युस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।
शनिबारदेखि बजारमा ल्याइएको ‘जनताको जनवादका आधारहरु’ पुस्तकको विमोचनमा बोल्दै प्रचण्डले युरोपमा जनवादी क्रान्ति पुँजीपतिको नेतृत्वमा क्रान्ति भएको स्मरण गरे। रुसको अक्टोबर क्रान्ति श्रमजीवीहरुले सुरु गरेको उनले बताए।
नेपालको क्रान्ति ती दुई सन्दर्भभन्दा नितान्त फरक रहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल भएको क्रान्ति न पुँजीवादीको नेतृत्वमा भयो न श्रमजीवीले गरेजस्तो क्रान्ति भयो।’ नेपालमा भएको क्रान्ति कम्युनिस्टको नेतृत्वमा पुँजीवादीहरुलाई सहभागी बनाइ भएको उल्लेख गरे।
‘पुँजीवादीलाई साथमा लिएकाले नेपालको क्रान्तिको आफ्नै मौलिकता छ,' उनले भने। भारतमा कम्युनिस्ट कमजोर हुनुको दृष्टान्त प्रस्तुत गरेका उनले साम्राज्यवादविरुद्धको लडाईंमा कम्युस्टिले नेतृत्व लिन नसक्दा हिन्दुस्तानमा कम्युनिस्ट कमजोर भएको बताए।
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाले ‘जनताको जनवादका आधारहरु’ पूस्तक सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।