काठमाडौं- चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको पुष्टि भएको छ। चीनको उहान सहरबाट हालै नेपाल फर्किएका ती विद्यार्थीको उपचारसमेत भइसकेको छ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।
चीनबाट फर्किएलगत्तै कोरोना भाइरसजस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि अस्पताल पुगेका थिए।
ती विद्यार्थीको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो। नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो।
याे पनि
कोरोना भाइरसबारे सावधानी अपनाउन चीनमा रहेका नेपालीलाई आग्रह
कोरोना भाइरसको मुख्य कारण चाइनिज कोब्रा हुन सक्छ : अध्ययन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।