काठमाडौं– चीनमा माहामारीको रुप लिइरहेको कोरोना भाइरसको सङ्क्रमणबारे सावधानी अपनाउन बेइजिङस्थीत नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ।
बिहिबार दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हबुेई प्रान्तको राजधानी सहर उहानमा रहेका नेपालीलाई आग्रह गरेको हो।
भाइरसका कारण अहिलेसम्म त्यहाँ २५ जनाको ज्यान गइसकेको छ। संक्रमण फैलिने चिन्ता बढ्दै गएपछि त्यहाँका नगरहरूमा यात्रा प्रतिबन्ध लगाइएको छ।
दूतावासले संक्रमणबाट जोगिने उपायहरुबारे पनि जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।