काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना (एमसिसी) आवश्यक संशोधनसहित पारित हुने बताएका छन्।
नवलपुरमा भएको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको हित हुने गरी एमसिसीका प्रावधानहरुमा परिमार्जन हुने बताए । अमेरिकासँग थप छलफल गरी कतिपय प्रावधानमा संशोधन हुने गरी अघि बढ्ने उनले प्रष्ट्याए।
अफ्रिका र दक्षिण एसियामा एमसिसी परियोजना लागू भइसकेको जनाउँदै उनले भने, ‘सैन्य सहकार्यका लागि इण्डो प्यासिफिक जोडिएकाले नेपालमा पनि आशंका थपिएको छ।’
स्थानीय तहमा अनियमितता बढेको स्विकार्दै उनले भने, ‘माथि सुन्दा अलि बढि नै नराम्रो सुनिएको छ। राम्रा गर्ने पनि छन्। तर, नराम्रो गरेको माथि धेरै सुनिएको छ।’ प्रचण्डले भने, ‘अराजकता र अनियमितता अलि बढि नै भयो भन्ने गुनासो छ।’
उनले जेठमा प्रस्तुत हुने बजेट गत वर्षका भन्दा बढि लोकप्रिय हुने प्रतिबद्धता जनाए। उनले भने, ‘अबको बजेट पुरै लोकप्रिय हुन्छ। जनताका तात्कलीन र दीर्घकालीन समस्या समाधान गर्ने गरी लोकप्रिय बजेट आउँछ।’
गत दुई वर्षमा उत्साह पूर्वक कार्य गर्न नसकिएको प्रचण्डले स्वीकारे। दुई वर्षे सरकारको कार्यकालमा प्रादेशिक र स्थानीय सरकारले गरेका गल्ती सच्याउन नसकेको बताए। पार्टी एकिकरण ढिलो हुँदा सरकारका राम्रा कार्यको प्रचार समेत हुन नसकेको उनले बताए।
केन्द्रीय समितिको बैठकपछि जनउभार ल्याउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।