काठमाडाैं- वरिष्ठ अधिवक्त चन्द्रकान्त ज्ञवालीले कानून व्यवसायी परिषद बार काउन्सिलको सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
आगामी माघ २५ गते हुने निर्वाचनका लागि ज्ञवालीले उम्मेदवारी घोषणा गरेका हुन्। परिषदले हालसम्म गरेका संस्थागत कामको निरन्तरता दिन र परिषदलाई प्रभावकारी बनाइ संस्थागत र संरचनागत सुधार गर्न आफूले उम्मेदवारी दिएको ज्ञवालीले बताए।
उनले नेपाल कानून व्यवसायी परिषद्लाई ‘कानूनी बौद्धिक पुञ्ज’का रूपमा विकास गर्ने र कानूनी शिक्षामा सैद्धान्तिक तथा व्यावहारिक विषयको पाठयक्रममा सन्तुलन ल्याइ स्तरीय कानूनी शिक्षाको अभिवृद्धिका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।