जनकपुर– राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनी नेकपा र राजपा गठबन्धनका साझा उम्मेदवार हुन्।
पासवानले ५ हजार २ सय ९२ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका उम्मेदवार रामप्रित पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरे।
त्यस्तै, प्रदेश २ बाट महिलातर्फबाट तुलसा दाहाल विजयी भएकी छिन्।
बिहीबार सम्पन्न निर्वाचनमा उनले कुल ५ हजार २ सय ८ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी नगिना यादवले भने ४ हजार ६ सय ४० मत पाइन्।
दाहाल नेकपा र राजपाका साझा उम्मेदवार हुन्। प्रदेश २ मा महिला, दलित, अल्पसंख्यक र अन्य लगायत चार पदका लागि निर्वाचन भएको थियो।
मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।