काठमाडौं- गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ फराकिलो मतान्तरले विजयी भएका छन्।
भर्खरै सकिएको मत परिणामअनुसार श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याई विजयी भएका हुन्। खुला तर्फबाट प्रतिस्पर्धी श्रेष्ठले कांग्रेस उम्मेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन्। रेग्मीले २ हजार २४४ मत प्राप्त गरे।
श्रेष्ठ र रेग्मीको मतान्तर १ हजार २ सय १८ रहेको छ। सोही प्रदेशमा महिलातर्फ नेकपाकी भगवती न्याैपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गरी विजय भएकी छन्।पराजित कांग्रेसकी विमला गाैचनले २ हजार ३ सय ४० मत ल्याइन्।
न्यौपाने र गौचनको मतान्तर १ हजार २६ रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।