काठमाडौं- राष्ट्रियसभामा रिक्त पदका लागि सातै प्रदेशका विभिन्न मतदान केन्द्रमा पुगेर मुख्यमन्त्री लगायतका मतदान गरेका छन्। बिहान १० बजे सुरु भएको मतदान दिउँसो ४ बजे समापन हुनेछ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान सुरु भएको हो।
प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, बागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान सुरु भएको जानकारी आयोगले दिएको हो।
प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ। यी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ।
प्रदेश १ मा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी ३६७, प्रदेश २ मा २७२, बागमती प्रदेशमा ३४८, गण्डकीमा २३० मतदाता छन्। त्यसैगरी, प्रदेश ५ मा ३०५, कर्णालीमा १९८ र सुदुरपश्चिममा २२९ मतदाता छन्।
राष्ट्रियसभामा रिक्त १८ जनाका लागि निर्वाचन भएको हो। एक पदमा चाहिँ सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उप प्रमुखको मतभार १८ हुन्छ। १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन्।
.jpg)
.jpg)



.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।