काठमाडौं- भारतीय कलाकार वरुण धवन र श्रद्धा कपूरले समाजिक सञ्जाल टिकटकमार्फत् नेपाली दर्शकलाई सम्बोधन गर्दै आफ्नो आगामी फिल्म स्ट्रिट डान्सर हेर्न आग्रह गरेका छन्।
दुवैले टिकटक मार्फत् नेपाली दर्शकलाई सम्बोधन गर्दै नेपाली स्ट्रिट डान्सरको नाम समेत लिए जसले सो फिल्ममा समेत अभिनय गरेका छन्।
ती नेपाली डान्सर हुन् शुसान्त खत्री।
भारतीय डान्स रियालिटी शोमा भाग लिन नेपालबाट भारत गएका उनी अहिले भारतको चर्चित डान्सरमध्येमा पर्छन्।
डान्ससम्बन्धी रियालिटी शो डान्स प्लसमार्फत चर्चित भएका खत्रीलाई सो कार्यक्रमका निर्माता रेमो डिशुजाले फिल्म खेल्ने अवसर दिएका हुन्।
रेमो सो फिल्मका निर्माता समेत हुन्।
काठमाडौंको कपनमा बस्ने शुसान्त अधिकांश समय भारतमै बसे पनि उनी नेपाल आएको बेलामा केही म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।