जनकपुर- टिपरले किचेर हत्या गरिएका अवैध बालुवा गिट्टी उत्खनन विरुद्धका अभियन्ता ओमप्रकाश महतो ‘दिलीप’को परिवारलाई प्रदेश २ सरकारले घोषणा गरेअनुसार बुधबार ५ लाख रुपैयाँको चेक प्रदान गरेको छ।
मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलामा गत पुस २५ गते हत्या गरिएका दिलीपका बुवा रामजीवन महतो ‘कृष्णे’ लाई प्रदेश सरकारले राहत स्वरुप बुधवार ५ लाख रुपैयाँका प्रदान गरेको हो।
प्रदेश २ सरकारको गत पुस २८ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले हत्या गरिएका दिलीपको परिवारजनलाई प्रदेश सरकारले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
यसैबीच दिलीपको परिवारलाई धनुषाका ढल्केवरका व्यवसायीहरुले चन्दा उठाएर ५० हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेको छ। ढल्केवरका व्यवसायी किशुनदेव महतो र जोगेन्द्र महतोको अगुवाईमा विभिन्न व्यवसायीहरुसँग चन्दा संकलन गरी जम्मा गरिएको रकम स्व. दिलीपका पिता रामजीवन महतोलाई प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।