नयाँ दिल्ली- बलिउड अभिनेत्री कंगना शर्मा केही दिन अगाडि माल्दिभ्समा पुगिन् छुट्टी मनाउन।
सामाजिक सञ्जालमा उनले बिदा मनाउँदाको हट अनि स्टायलिस तस्बिर सार्वजनिक गरेकी छन्।
शर्मा टेलिभिजन हुँदै ठुलो पर्दामा पुगेकी थिइन्।
उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनी रातो आउटफिटमा देखिएकी छिन्।
उनी भारतीय टेलिभिजन कार्यक्रम ‘तु सुरज मेँ साँझ पिया जी’ मा अभिनय गरेकी थिइन्।
मोडलिङबाट आफ्नो करिअर शुरु गरेकी उनले पञ्जाबी म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।
सामाजिक सञ्जालमा सक्रिय भइरहने उनलाई १२ लाखभन्दा बढीले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।