काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) उखु किसानलाई भुक्तानी नदिने तीन चिनी उद्योगीमाथि वाणिज्य तथा आपूर्ति मन्त्रालयको कारबाही, चिनी उद्योगीको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र ।
२) पर्यटन बोर्डको सिइओमा सिफारिस ३ उम्मदवारको नाममा एकमत नभएपछि छनोटमा लाग्यो ’ब्रेक’, प्रधानमन्त्री ओलीको निर्देशनमा छनोट प्रक्रिया नै रद्द गर्ने तयारी ।
३) गैरकानुनी रुपमा नेपाल भित्रिएका गाडीलाई वैध बनाउने खेल सुरु, भन्सार कार्यालयको पत्र अर्थ मन्त्रालय आइपुगेको थाहा पाएपछि व्यवसायीको चलखेल, अर्थले विस्तृत अनुसन्धान गरेन ।
४) ए डिभिजन लिग फुटबलमा पुलिस क्लबविरुद्ध मच्छिन्द्रको जित, रञ्जितको निर्णायक गोलमा १–० गोल अन्तरले पराजित, ८ खेलमा १६ अंक जोडेको मच्छिन्द्र लिगको दोस्रो स्थानमा ।
५) र, भारतको सर्वोच्च अदालतद्वारा नागरिकता संशोधन कानुनमाथि बिनासुनुवाइ रोक लगाउन अस्वीकार, केन्द्र सरकारलाई चार साताभित्र जवाफ पेस गर्न आदेश ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।