डडेल्धुरा–अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको स्वाधीनताविरुद्ध भएको भन्दै डडेल्धुरामा प्रर्दशन गरिएको छ।
नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका हुन्।
एमसिसी सम्झौता राष्ट्रघाती भएको भन्दै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी आएको भन्दै खारेज हुनुपर्ने माग गरिएको प्रदर्शनमा सहभागी नेविसंघ डडेलधुराका कार्यवाहक सभापति पदम भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।