एजेन्सी - सेग अवार्ड कार्यक्रमको ब्याक स्टेजमा जब हलिउड नायक ब्राड पिट र उनको पूर्व श्रीमती जेनिफर अनिस्टनले हात समातेको तस्विर सार्वजनिक भयो मिडिया पिटकी अर्की पूर्व श्रीमती एन्जेलिना जोलीको प्रतिकृयाको खोजीमा लागे ।
सन् २००५ मा डिभोर्स भएपछि जेनिफर र ब्राड सँगै देखिएका थिएनन्।
जेनिफरसँगको डिभोर्सपछि ब्राडकाे जीवनमा एन्जेलिनाको प्रवेश भयो । तर सन् २०१६ मा एन्जेलिना र ब्राडबीच डिभोर्स प्रकृया अगाडि बढ्यो।
कानुनी रुपमा दुबै छुट्टिइसकेका थिएनन्। तर क्यालोफोर्नियाको कानुन अनुसार यी दुवैले आफू एक्लै रहेको घोषणा गरेर छुट्टाछुट्टै बस्न थालेका थिए ।
एन्जेलिनासँग छुट्टिएको तीन वर्षपछि ब्राड र जेनिफर फेरि सँगै देखिन थाले पनि दुवै सँगै भएका कुनै तस्विर पनि सार्वजनिक भएन। पहिलोपटक सेग अवार्डमा दुवै सँगै भएको तस्विर बाहिरिएपछि एन्जेलिनाले के भन्छिन् भन्ने चासो बढाएको थियो ।
तर उनले वास्तै गरिनन् । ‘उनीहरुको पुनर्मिलनबारे एन्जेलिनालाई कुनै मतलब छैन। उनीहरु राम्रा साथी हुन् भन्नेबारे उनी जानकार छन्’ एन्जेलिना निकटस्रोतलाई उदृत गर्दै हलिउड लाइफले लेखेको छ । एन्जेलिनाले वास्तै नगरे पनि ब्राडका फ्यानहरु उनलाई जेनिफरसँग निकट भएको देखेर खुसी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।