डडेल्धुरा- डडेल्धुरामा एक गैर सरकारी संस्थाले किसान र कर्मचारीको २१ लाख बढी रकम लिएर फरार भएको छ। एशोसिएसन अफ एग्रिकल्चर नामक संस्थाले डडेल्धुरामा शाखा विस्तार गरी कृषक समूह बनाएर रकम संकलन गरेको र सो स्थामा आवद्ध कर्मचारीलाई पारिश्रमिक नदिई फरार भएको संस्थाकी कर्मचारी मिना मल्ल देउवाले बताइन्।
आफूहरुलाई ठगेको भन्दै ८ कर्मचारीले कञ्चनपुर बस्ने एग्रिकल्चर संस्था काठमाडौंको सिनामङल शाखा प्रबन्धक गणेशदत्त भट्ट र एशोसिएसन अफ एग्रिकल्चर डडेल्धुरा शाखाका प्रमुख कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ चम्मन चौराह कलुवापुर बस्ने जयन्द्र साँकी गरी २ जनाविरुद्ध ठगी गरेको भन्दै जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मुद्धा फाटका सई करविर सिंह ऐरले बताएका छन्।
उनले भने, ‘ठगेर फरार भएका २ जनाविरुद्ध जाहेरी दरखास्त पेश भएको छ, अब अनुसन्धान प्रक्रिया अगाडि बढाउछौं।’
८ जना कर्मचारीको पारिश्रमिक र कृषकलाई बिउ बिजन तथा अनुदान र सस्तो ब्याजमा ऋण दिने गरी लिएको जम्मा २१ लाख ७२ हजार ५ सय रुपैयाँ लगेर १ वर्षदेखि २ जना नै सम्पर्कमा नआएको निवेदक तथा कर्मचारी शारदा कुमारी अवस्थीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।