• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१२ वर्षपछि फर्किएको खुसी

64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  १५:३७
1140x725

भैरहवा– घरको आर्थिक अवस्था कमजोर थियो। यसैले केही कमाउन भनेर बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनार १२ वर्षअघि भारत गए। साथमा श्रीमती लक्ष्मी सुनार र ७ वर्षका छोरा सन्तोष पनि थिए। लुधियाना पुगेको केही समयपछि सन्तोष हराए।

छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो। एकातर्फ आर्थिक अवस्था कमजोर, अर्कोतर्फ सन्तान हराएको पीडा। सन्तान भेट्टिने आशामा सुनार दम्पति भारतमै बसिरहे। बालकको खोजतलास गर्दा कतै पत्तो लागेन। उनीहरुकाे खुसी हराए। 

१२ वर्षमा खोलो पनि फर्कन्छ भनेझैं सुनार परिवारमा पनि १२ वर्षपछि खुसी फर्किएको छ। भारतस्थित नेपाली दूतावासको समन्वय तथा प्रवासी नेपालीमित्र मञ्च र मानव कल्याणमित्र मञ्च नेपालको सक्रियतामा सन्तोषले १९ वर्षको उमेरमा अभिभावकको साथ पाएका छन्। 

सुनार परिवारमा अहिले सबैको मुहारमा चमक आएको छ। ‘छोरा भेट्टाउन सहयोग गर्नुहुने सबैप्रति आभारी छु, सबैलाई धन्यवाद दिन चाहन्छु’ अमरले भने, ‘सडकको सुविधा थिएन, डुंगा तरेर जानुपथ्र्यो, आर्थिक अवस्था कमजोर थियो, भारतमा गएर पैसा कमाउँला भन्ने सोच थियो, तर आफूसँगै लगेको छोरा नै हराएपछि झन् समस्या थपियो।’ 

सन्तोषकी आमा लक्ष्मीले छोरा भेट्टाउने आशा नै मारिसकेकी थिइन्। ‘भगवानले १२ वर्षपछि पनि हाम्रो पीडा सुनेर छोरालाई फर्काए, योभन्दा बढी खुसीको कुरा के होला र?’ उनले भनिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले छोरा भेट्टाएपछि आफूहरुको पीडा हराएर गएको बताए। त्यस्तै सन्तोष पनि अभिभावक पाएकोमा निकै खुसी छन््। भन्छन्, ‘विगतमा के भयो, कसरी हराएँ त्यो सबै त सम्झन सक्दिनँ, तर मलाई अभिभावकसम्म ल्याउने संस्थालाई सदैव सम्झिनेछु ।’

सन्तोषलाई जिल्लाप्रहरी कार्यालय रुपन्देहीमार्फत् अभिभावकको जिम्मा लगाइएको छ। सो क्रममा रुपन्देही प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले हराएका बालकको उद्धारमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए।

यसरी गरिएको थियो उद्धार 
सन्तोषलाई २०७५ साउन ५ गते भारतबाट उद्दार गरिएको थियो। तर उनलाई अभिभावकसम्म आउन भने त्यति सजिलो थिएन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सन् २०१४ जनवरी २२ मा लखनउमा ११ वर्ष ४ महिनाका बालक बेवारिसे अवस्थामा भेटिए। सन्तोष नाम बताउने उनले घर नेपाल दुर्गानगर, बाबु रनबहादुर र आमा कमलाले मिस्त्रीको काम गर्ने बताउथे बालकले।

Xtrem
Xtrem

भारतका विभिन्नबालगृह हुँदै राजकीय बालगृह देवरियामा बसेका सन्तोष, विजय तामाङ, राजेशकुमार, सुमितकुमार गरी ४ जनालाई पारिवारिक पुनर्मिलनका लागि भारतस्थित नेपाली दूतावासको सिफारिससहित मित्र मञ्चले जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा ल्याएको थियो ।

बालकहरुको अभिभावक पत्ता नलागेसम्म अस्थायी संरक्षणका लागि ४ बालकलाई प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रममा पठायो। ४ मध्ये ३ जनाको अभिभावक पत्ता लागे पनि सन्तोषको ठेगाना र अभिभावक पत्ता लाग्न सकेको थिएन। त्यसपछि उनलाई बालगृहको संरक्षणमा पशुपति मावि कोटिहवामा भर्ना गराइयो। प्रहरीले अभिभावक र ठेगाना खोजीकार्य भने जारी राखिरह्यो । त्यसपछि सन्तोषलाई सोधपुछ गर्ने क्रममा उनले घर दुर्गानगर, कुसुम, झोलुंगेपुलसम्म संरक्षण अधिकारीलाई बताए। 

त्यसपछि त्यस क्षेत्रका स्थानीयसँग सम्पर्क गर्दा बैजापुर हेल्थपोष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुनसक्ने अनुमानगरिन् । बालकको ठेगाना खोज्ने प्रयास जारी नै रह्यो। त्यसपछि भैरहवा–बुटवल सडकखण्डमा काम गर्ने एक मजदूरलाई सोध्दा आफ्नो गाउँको बालक भारतमा हराएको बताए। त्यस्तै बैजापुर गाउँका अगुवा सन्तोष खड्कासँग बुझ्दा हराएको बालकका अभिभावक भारतमै रहेको जानकारी आएपछि २०७६ पुस ६ गते अमरबहादुर सुनार र लक्ष्मी सुनार बालगृहमा आइ आफ्नो छोरा हो भन्ने पहिचान गरेको प्रहरीको भनाइ छ। 

पारिवारिक पुनर्मिलनका लागि सन्तोषको जन्मदर्ता, नाताप्रमाणित स्थानीय तहको सिफारिस लगायतका कागजात प्राप्त भएपछि संरक्षक कृष्णप्रसाद ज्ञवाली थप जानकारी लिन सन्तोषको घर पुगेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्