नेपालगञ्ज– नेपालगञ्ज कप टी–२० क्रिकेट प्रतियोगिताको टिमको अक्सन मंगलबार भएको छ।
अक्सनमा सर्वाधिक महँगो टिम जिसान बाँके ब्लास्टर बनेको छ। महेश क्षेत्रीको कप्तानीमा रहेको जिसान बाँके ब्लास्टरका लागि सर्वाधिक बिडिङ लागेको थियो। न्यूनतम रुकम ५० हजारबाट सुरु भएको बिडिङमा बांके ब्लासटर दुई लाख चालिस हजार रुपैयाँमा जिसानले बाजी मारेको थियो। सबैभन्दा लामो बिडिङ पनि जीसान बांके ब्लास्टरकै लागि लागेको थियो ।
बर्दिया टाईर्गसलाई अर्गाखाँचीले किनेको छ। सबैभन्दा पहिलो बिडिङ अर्गाखाँची बर्दिया टाइगर्सबाट सुरु भएको थियो। अर्गाखाँची बर्दिया टाइर्गसका कप्तान सुवेन्दु पाण्डे रहेका छन्।
सौरभ खनालको कप्तानीमा रहेको रोल्पा गोरिल्लाजलाई मध्यपश्चिम क्रीकेट क्लबले किनेको छ। योसँगै टिम मध्यपश्चिम गोर्खा गोरिल्लाज बनेको छ। एयाबरोल लुम्बिनी यात्रिजका लागि पनि रोमान्चक बिडिंग लागेको थियो । एयाबरोल लुम्बिनी यात्रिजका कप्तान कृष्ण कार्की रहेका छन्।
अर्जुन पाण्डेले दंगाली गोर्खाजलाई आफनो बनाएका छन्। दंगाली गोर्खाजका कप्तान अमरसिंह रौटेला रहेका छन्। आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजसँग अनुबन्ध बनेको छ। आर्शिवाद पेन्ट्स पाल्पा योद्दाजका कप्तान सिद्धान्तराज शाही रहेका छन्।
नेपालगन्ज कप बैशाख ३ गतेबाट १२ गते सम्म प्रस्तावित कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुदै छ। ग्रीन इभेन्टो प्रालिका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले टिम अक्सन सोचे भन्दा निकै राम्रो भएको बताए।
प्रतियोगितामा अब जिसान बाँके ब्लास्टर, अर्गाखाँची बर्दिया टाइगर्स, मध्यपश्चिम गोर्खा गोरिल्लाज, एयाबरोल लुम्बिनी यात्रिज, दंगाली गोर्खाज आर्शिवाद र पेन्ट्स पाल्पा योद्दा गरी ६ टिमले भाग लिनेछन्।
त्यसै गरि पहिलो पटक भएको टिम अक्सनले क्रिकेट क्रेज अभै बढेर जाने प्रतियोगिताका इभेन्ट डाइरेक्टर सौगात विक्रम शाहले बताए। प्रतियोगिताका विजेतालाई १ लाख दस हजार रहेको छ भने उप विजेतालाई ६० हजार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।