काठमाडौं- कंगना रनौत बलिउडकी निडर अभिनेत्री मानिन्छिन्। उनी आफ्नो निडरताबारे परिचित छिन्। कंगनाको नयाँ फिल्म 'पंगा' २४ जनवरीमा रिलिज हुँदैछ।
फिल्मको अश्विनी अय्यरले निर्देशक गरेकी हुन्। फिल्ममा जस्सी गिल र नीना गुप्ता पनि प्रमुख भूमिकामा छन्। फिल्म रिलिजअगावै निकै चर्चामा छ। तर बक्स अफिसमा फिल्मले कस्तो प्रभाव पार्नेछ त्यो हेर्ने भने प्रतीक्षा नै गर्नुपर्छ।
यसअघि कंगनाका धेरै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।
कृष ३ : ऋतिक रोशनको सुपरहिरो शृंखला 'कृष ३'को सुरुवात २००३ बाट सुरु भएको थियो। जसको नाम थियो 'कोई मिल गया।' यसपछि कृष, कृष २ र कृष ३ लगायतका सबै फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरे। फिल्म 'कृष ३'ले सबै रेकर्ड ब्रेक गरिदियो। फिल्मले अन्तिमसम्म २ सय २२ करोड कमाइ गरेको थियो। यो कंगनाको लागि ठूलो सफलता थियो।
तनु वेड्स मनु रिटर्न्स : यो फिल्म कंगनाको करियरको बेस्ट फिल्ममध्ये एक हो। यस फिल्ममा कंगनाको निकै प्रशंसा गरिएको थियो। फिल्मले १ सय ५० करोड भन्दा बढी कमाइ गरेको थियो।
मणिकर्णिका : द क्वीन अफ झासी
यो फिल्म कंगनाको डाइरेक्टोरियल डेब्यू हो। यस फिल्ममा कंगनाले झांसीको रानी लक्ष्मीबाईको चरित्र निभाएकी थिइन्। फिल्मले ९२ करोडभन्दा बढीको व्यापार गरेको थियो।
क्वीन : विकास बहलको कमेडी ड्रामा 'क्वीन'मा कंगनालाई निकै रुचाइएको थियो। फिल्ममा कंगनाले गरेको अभिनयको आज पनि तारिफ गरिन्छ। फिल्मले ६१ करोडभन्दा बढीको व्यापार गरेको थियो। यस फिल्मपछि कंगनालाई कतिपयले बलिउड क्वीन नै मान्न थालेका थिए।
वन्स अपन अ टाइ इन इण्डिया : यो फिल्ममा कंगनासँगै अजय देवगन, इमरान हाश्मी, प्राची देसाई र रणदीप हुड्डा मुख्य भूमिकामा थिए। फिल्मको कहानी मुम्बईको इतिहासबारे थियो। फिल्ममा अजय र कंगनाको केमेस्ट्रीलाई धेरै रुचाइएको थियो। फिल्मले ५५ करोडभन्दा बढी कमाइ गरेको थियो। यस फिल्मपछि कंगनाको करियरको ग्राफ उकालो लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।