एजेन्सी- अभिनेत्री कंगना रनौतले दीपिका पादुकोणले 'छपक'को प्रमोशनल भिडियोको लागि माफी माग्नुपर्ने बताएकी छन्।
'भिडियाेमा उनले एक टिकटक कलाकारको साथमा एसिड आक्रमणबाट बाँचेकाहरुकाे खिल्ली उडाउँदैछिन्। यसका लागि उनले माफी माग्नु पर्छ,' कंगनाले भनिन्, 'यस विवादास्पद भिडियोमा दीपिकाले मेकअप आर्टिस्टलाई फिल्मका तीन दृश्यहरु बनाउन चुनौती दिन्छिन्। यसमा फिल्म 'छपक'को लुक पनि सामेल छ। धेरैले भिडियोलाई असंवेदनशीलको रूपमा लिएका छन् र यसले वास्तविक र पीडितलाई मजाक बनाउँछ।'
इन्डिया टुडेसँग कुरा गर्दै कंगनाले भनिन्, 'मेरी बहिनी पनि एसिड आक्रमणको सिकार भएर बाँच्न सफल भएकी हुन्। यो भिडियो हेरेपछि उनी पनि दुःखी भइन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।