काठमाडौं- आठ भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
मकवानपुरको दामनस्थित एक होटलमा सुतेको अवस्थामा बेहोस भएका आठजना भारतीय पर्यटकको मृत्यु भएपछि सो विषयमा छानबिन गर्न समिति गठन भएको हो।
समितिले उक्त घटनाका सम्बन्धमा पर्यटकहरुको सुरक्षामा रिसोर्टका तर्फबाट भएका कमी कमजोरीलाई अध्ययन गर्नेछ।
घटना हुनुको कारणको विषयमा अध्ययन गर्न सो समिति गठन गरिएको होटल शाखा पर्यटन विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैगरी उक्त घटनामा ज्यान गुमाउने सम्पूर्ण पर्यटकप्रति नेपाल सरकार‚ पर्यटन मन्त्रालय र पर्यटन विभागले दुःख व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।