काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपाका तर्फबाट सभामुख पदमा दलका उपनेता नेम्वाङको प्रस्तावमा अग्नि सापकोटाको एकल उम्मेदवारी, नेकपालाई राजपाको समर्थन, कांग्रेसले उम्मेदवारी नदिने नेकपालाई समर्थन पनि नगर्ने ।
२) नेपाल र भारतका प्रधानमन्त्रीद्वारा भिडियो कन्फ्रेन्समार्फत् विराटनगरस्थित एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन, ओलीले मोदीलाई भने– थाती रहेका समस्या समाधान गर्ने बेला आयो ।
३) पर्यटन बोर्डको सिइओ छनोटमा राजनीतिक गन्ध, छनोट समितिकै सदस्यले दिए चेतावनी, पर्यटन नियमावली विपरीत यतीका सल्लाहकार ल्याउने तयारी ।
४) मलेसिया ११ टिमविरुद्ध क्यान ११ को १ सय ७२ रनको जित, ३ खेलको सिरिजमा दुई खेल नेपाललाई, लिग टु का लागि महत्वपूर्ण तयारी ।
५) र, पूर्व इन्टरपोल प्रमुख मेङ होङवेईलाई चीनमा भ्रष्टाचारको अभियोग, साढे १३ वर्षको जेल सजाय, मेङले गल्ती स्वीकार गरेको र पुनरावेदन नगर्ने अदालतको फैसला ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।