काठमाडौं– विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘जिन्दगीको के छ र भर’ बोलको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर र सुवास भुसालको संगीत रहेको छ।
गीतले प्रमुख पात्र ‘सेल्फी किङ’को मनोभाव दर्शाउछ। एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ।
विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको समेत अभिनय रहेको छ।
फिल्मको निर्माण दिनेश राउत र सुवास थापाले गरेका हुन। यसअघि उनीहरुले ‘प्रसाद’ बनाएका थिए।
सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ। फिल्म यही माघ २४ गते रिलिज हुँदैछ।
गीत हेर्नुस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।