काठमाडौं- धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा परी १५ जना घाइते भएका छन्।
धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटना भएको हो।
उक्त ट्रकले ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको थियो।
घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।