काठमाडौं- अजय देवगनको फिल्म 'तानाजी : द अनसंग वारियर'ले बक्स अफिसमा धमाकेदार व्यापार गरिरहेको छ। भारतमा तीन सेना प्रमुखले एकैसाथ फिल्म हेरेका छन्। रिटार्यड नेवी अफिसर हरिन्दर सिक्काले एक ट्वीट गरेका छन्, 'तानाजीले इतिहास रचेको छ।'
भारतको इतिहासमाथि बनेको अजय देवगन र काजोल अभिनित उक्त फिल्म तीन सेनाका प्रमुख नेवी चिफ, आर्मी चिफ र एयर चिफले दिल्लीमा सँगै हेरेका थिए। ट्वीटमार्फत् सिक्काले फिल्म हेर्न सबैलाई आग्रह गरेका छन्।
सिक्काले तीन सेना प्रमुखसँग अजयको फोटो पनि सेयर गरेका छन्। 'तीन प्रमुखसँग समय बिताउँदै सम्मान प्राप्त गरेको छु। तानाजीलाई माया गर्ने सबैलाई धन्यवाद,' सिक्काले ट्वीटमा लेखेका छन्।
फिल्मले १ सय ५० करोड भन्दा माथि कमाइसकेको छ। फिल्मले अहिलेसम्मको १६७.४५ करोड छ।
फिल्मको निर्देशन ओम राउतले गरेका छन्। फिल्ममा देवगनले मराठा साम्राज्यका वीर सिपाही तानाजीको चरित्र निभाएका छन्। काजोल उनकी पत्नी सावित्री बाई मालसुरे र सेफ अली खानले उदयभान राठरको चरित्र निभाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।