एजेन्सी- हालसालै बेलायती राजसंस्थाबाट मुक्त भएकी मेगन मार्कल हालै छोरा आर्ची र आफ्ना घर पालुवा २ वटा कुकुरसँगै भ्यानकुभर बाहिर देखिइन्।
बेलायती दरबारको सदस्यताको जिम्मेवारीबाट मुक्त भएर स्वतन्त्र जीवन बिताउने चाहना दरबारबाट स्वीकार भएपछि सार्वजनिक रुपमा देखा परेकी उनको मुहार खुलेको थियो। पछिल्लो समय उनी प्रायः तनावमा झैं देखिने गरेकी थिइन्। तर यो पाली उनको मुहारको हाँसो खुलेको थियो।
मेगन सोमबार आफ्नो परिवारका साथ बिदामा भ्यानकुभर नजिकै रहेको होर्थ हिल रिजनल पार्कमा गएकी थिइन्। उनीसँगै बिदा मनाउन सहभागी थिए प्रिन्स ह्यारी। आठ महिनाका आर्ची उनीहरुसँग नहुने भएन।
मौसम धुम्म थियो। बादल लागेको थियो। तर ३८ वर्षीया मेगनको मुहारमा बादलको छाँया देखिएको थिएन। ब्ल्याक लेङगिज्का साथ म्याचिङ ज्याकेट लगाएकी थिइन् उनले।
दुई साताअगाडि मेगन र राजकुमार ह्यारीले आफूहरू राजदरबारको सदस्यको जिम्मेवारीबाट मुक्त भएर आम नागरिक झैं जीवन बिताउन चाहेको घोषणा गरेर बेलायतको राज परिवारमा भूकम्प ल्याएका थिए।
उनीहरुको घोषणाले चिन्तामा परेको बेलायती राजसंस्थाले छलफलपछि उनीहरुलाई राजदरबारको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।