काठमाडौं– मकवानपुरको दामनस्थित एक होटलमा ८ भारतीय पर्यटक बेहास भएका छन्। एक जनाको मृत्यु भएको छ।
बेहास भएका पर्यटकको उद्धार गरी हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं पठाइएका मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ।
त्यसैगरी अर्का एक जना भने कोठामै मृत फेला परेको एसपी राठौरले जानकारी दिए। कोठामा हिटर बालेर सुतेकाले उनीहरु बेहोस भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।