एजेन्सी– मंगलबार सकिएका दुई टेस्ट सरिजपछि आइसिसी टेस्ट टिम वरियतामा अस्ट्रेलिया एक स्थान तल झरेको छ।
मंगलबार दक्षिण अफ्रिका विरुद्धको ४ टेस्टको सिरिज अस्ट्रेलियाले ३–१ ले गुमायो। चौथो टेस्टमा अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाले ४ सय ९२ रनको जित हात पार्योअ। तेस्रो टेस्ट बल टेम्परिङ काण्ड कारण अस्ट्रेलियाका तत्कालिन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर प्रतिबन्ध परेका छन्। चौथो टेस्टमा स्टार खेलाडीबीच उत्रदा अस्ट्रेलियाले कमजोर प्रदर्शन गरेको थियो।
यता मंगलबार नै सम्पन्न इंग्ल्यान्ड विरुद्धको टेस्ट सिरिज न्युजिल्यान्डले १–० ले जित्यो। पहिलो टेस्ट न्युजिल्यान्डले जित्दा मंगलबार सकिएको दोस्रो टेस्ट बराबरीमा सकिएको थियो।
टेस्टको पछिल्लो वरियतामा भारत शीर्ष स्थानमा छ। दोस्रो स्थानमा दक्षिण अफ्रिका छ भने न्युजिल्यान्ड तेस्रो स्थानमा उक्लिएको छ। अस्ट्रेलिया चौथो स्थानमा झरेको छ। इंग्ल्यान्ड पाँचौ स्थानमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।