काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट दिइन् राजीनामा, आफ्ना धारणा अनुचित आग्रहबाट प्रेरित नभएको तर्क, प्रणालीको लडाईं जिते पनि पितृसत्तासँग हारेको स्वीकार ।
२) माघ १२ गते सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक, माघ ७ गते दलहरूले नाम प्रस्ताव गर्नुपर्ने, सोही दिन नै उम्मेदवारको नामावली प्रकाशन हुने ।
३) सहुलियतपूर्ण कर्जा नीति कार्यान्वयनबारे अर्थमन्त्रीले बैंकरलाई गरे प्रश्न, कर्जा विस्तारबारे जवाफ माग, दोहोरो वासलात अन्त्य गर्ने नीति कडाईंका साथ कार्यान्वयन गर्न निर्देशन ।
४) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मीको सहज जित, च्यासल युथ क्लब ३–० गोल अन्तरले पराजित, अर्को खेलमा ब्रिगेड ब्वाइज र संकटाबीचको खेल बराबरी ।
५) र, शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो मन्तव्य, आफूसँग अरू कुनै विकल्प नभएको भनाइ, करदाताको पैसा बिना महारानीका लागि काम गर्ने इच्छा पूरा नभएको भन्दै दुःख व्यक्त ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।