काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल प्रहरीकै गाडीमा ह्वील लक लगाएकाे छ। ट्राफिक नियम उल्लङ्घन गरेको प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्वील लक गरिएको हो।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिकले कारबाही गर्ने भएकाले सो कारबाहीमा प्रहरी कै गाडी पनि परेका बताए।
उक्त गाडी अनामनगरमा पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरिएपछि ट्राफिकले ह्वील लक लगाएको हो। यसअघि ट्राफिकले गृह मन्त्रालयको गाडीमा समेत ह्वील लक गरेको थियो।
तस्बिर : सुजन ढुंगानाको ट्वीटरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।