जुम्ला- २०७३ मंसिर १२ गते जुम्ला सदमुकार खलङ्गास्थित चन्दननाथ मन्दिरमा मुख्य मानिएको दत्तात्रेयको १८ किलाेकाे चाँदीको मूर्ति जुम्ला फेला परेको छ।
हराएको ३ वर्षपछि चन्दननाथ नगरपालि-१ दानसाँगुमा सो मूर्ति भेटिएकाे हो।
बिहान साढे ९ बजे तलिचाैरका उमेश देवकोटा, लाेकेन्द्र हामाल र लाेकदर्शन देवकोटा जाैकाे खेतमा पानी हाल्न गएका थिए।
उनीहरुले ठूलाे मूर्ति देखेपछि स्थानीय अगुवा दयादत्त हमाललाई खबर गरे। उनले चन्दननाथकाे मूर्ति हुनसक्ने भन्दै प्रहरीलगायत सराेकारवालालाई खबर गरेपछि चन्दननाथ मन्दिरकाे मूर्ति भएकाे पुष्टि भएको हाे।
चोरी भएको तीन वर्षसम्मपनि नभेटिएकाे मूल मूर्ति साेमबार चानसाँगुमा भेटिएकाे डिएसपी लाल बहादुर धामीले बताए।
मूर्ति चाेरी भएपछि तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति अनुसन्धान गरेकाे थियाे।
लामाे समयकाे अनुसन्धानबाट नभेटिएकाे मूर्ति खेतकाे आलीमा बेवारिसे अवस्थामा फेला परेकाे प्रजिअ दुर्गा बञ्जाडेले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।