जनकपुर– नेपाली कांग्रेस धनुषाले सूचना प्रविधि विधेयकविरुद्ध आइतबार विरोधपत्र बुझाएको छ । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अगुवाईमा पुगेका कांग्रेसका नेता–कार्यकर्ताले विरोध पत्र बुझाएका हुन्।
नेपाल विशेष सेवा गठन र सूचना प्रविधि विधेयकले संविधानप्रदत नागरिक अधिकार हनन गर्न लागेको विषय अत्यन्तै गम्भीर रहेकाले यस्ता विधेयकहरुले लोकतन्त्रको आत्मा मानिएको अभिव्यतिm स्वतन्त्रताको हत्या हुने निश्चित रहेको काग्रेसले उल्लेख गरेको छ।
नागरिकको फोन टयापिंगसमेत गर्न सक्ने, सामाजिक सन्जालमा कसैलाई व्यंग गरेबापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यतिmगत गोपनीयताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने षडयन्त्रविरुद्ध यो विरोध पत्र बुझाएको सभापति गिरीले बताए ।
त्यस्तै मिथिला नगरपालिका ५ निवासी नेपाल तरुणदलका दिलीपकुमार महतो घटनाका दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने कांग्रेसले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।