भैरहवा– नेपाली कांग्रेस रुपन्देहीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै विरोधपत्र पठाएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र पठाएको हो।
भैरहवास्थित कांग्रेस कार्यालयबाट सुरु भएको ¥याली सूचनाप्रविधि र विशेष सेवाविधेयकविरुद्ध नाराबाजी गर्दै बैंकरोड, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थमार्फत् कांग्रेस रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो।
विरोधपत्र बुझाउँदै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनविरोधी विधेयक कुनै पनि हालतमा नेपाली जनतालाई स्वीकार्य नभएको बताउँदै सच्याउन माग गरे। उनले लोकतन्त्रको मर्म र भावनाविपरीत आउने जुनसुकै कदमलाई स्वीकार नगर्ने र नागरिक स्वतन्त्रताको पक्षमा सदन र सडकबाटप्रतिकार गर्ने चेतावनी दिए ।
पूर्व राज्यमन्त्रीसमेत रहेका रज्जाकले नागरिकको फोन ट्यापि¨ गर्न सक्ने, सामाजिक सञ्चालमा कसैलाई व्यंग्य गरे पाँचवर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनीयताको संवैधानिक अधिकार हनन हुने बताए।
विरोधपत्र बुझाएपछि बोल्दै कांग्रेस रुपन्देहीक ापूर्व सभापति रामचन्द्र ढकालले संविधानलाई संकीर्ण बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताए । उनले सूचनाप्रविधि ऐनले मौलिक अधिकारलाई कुण्ठित गर्ने बताए। ढकालले प्रेस स्वतन्त्र नभए मुलकुमा तानाशाही व्यवस्था हावी हुँदै जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।