काठमाडौं- रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादीले माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनता पार्टी र नेपाल संघीय समाजवादी पार्टीबीच आइतबार सम्पन्न बैठकले नेकपा–राजपाका उम्मेदवारलाई अन्सारी नेतृत्वको संघीय समाजवादीले सघाउने निर्णय भएको हो।
नेपाल संघीय समाजवादी पार्टीका मतदाताले सत्तारुढ दल नेकपाका महिला तर्फका उम्मेद्वार तुलसाकुमारी दाहाल, दलिततर्फका उम्मेद्वार राधेश्याम पासवान मतदान गर्नेछन्।
साथै राष्ट्रिय जनता पार्टीका उम्मेद्वारहरु मृगेन्द्रकुमार सिंह यादव, अल्पसंख्यक तर्फका उम्मेद्वार शेखरकुमार सिंहको पक्षमा मतदान गरी सघाउने तीन दलीय सहमति बनेको छ।
तीन दलीय सहमतिमा नेकपाका महासचिव विष्णु पौडेल, राजपाका संसदीय दलका नेता महन्थ ठाकुर र नेपाल संघीय समाजवादीका अध्यक्ष अन्सारीले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।