काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट कार्यालय सञ्चालन गरेको प्रति संसदमा आपत्ति प्रकट गरिएको छ।
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री ओलीले सुत्ने ठाँउलाई कार्यालय बनाइएको भन्दै विरोध गरे। राष्ट्रियसभाको आइतबारकाे बैठकमा रायमाझीले भने, ‘सुत्ने ठाउँमा कार्यालय बनाउने हो। सिंहदरबारमा प्रधानमन्त्री आउन छोडिसक्नु भएको छ।’
प्रधानमन्त्री आफ्नो कार्यालयमा नआए प्रधानमन्त्री कार्यालयमा ताला लाउने हो कि? भन्दै उनले प्रश्न गरे। हरेक व्यक्ति बालुवाटारमा प्रधानमन्त्री सुत्ने ठाउँमा भेट्न जानु परेको प्रति उनले आपत्ति जनाए। प्रधानमन्त्रीले आफ्नो कार्यालयबाट दैनिक कार्य सञ्चालन गर्न नसक्ने हो भने सिंहदरबारको प्रधानमन्त्री कार्यालय बन्द गर्न उनले सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।