काठमाडौं- सभामुखको उम्मेदवार टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान भएको बैठकले सचिवालय बैठक पनि आजै बोलाउने निर्णय गरेको हो। सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटार बस्ने भएको हाे।
पूर्वमाओवादीलाई सभामुख छोड्न प्रधानमन्त्री लचिलो रहेको संकेत देखाएको भनिएपनि व्यक्तिमा सहमति हुन सकेको छैन। यसअघि दुई पटक भएको अध्यक्षद्वयकाे बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको थिएन।
प्रतिनिधिसभा बैठक सोमबारका लागि बोलाइएको छ। नेकपाले आफ्नो उम्मेदवार तय गर्न नसक्दा तीन पटक संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। पुस ४ देखि बोलाइएको बैठक नेकपाकै कारण सूचारु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।