काठमाडौं– सभामुखको उम्मेदवार चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष छलफलमा जुटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान छलफल सुरु भएको हो। अध्यक्षद्वयबीच सभामुखको उम्मदेवार टुंग्याउने विषयमा सहमति जुट्न नसकेपछि पटक-पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुने गरेको छ।
सभामुख चयनमा नेकपाभित्र गतिरोध जारी रहेका कारण ११, १६ र २७ पुसमा बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगन गरिएका छन्। प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।